Aamsanchar

ट्रम्पविरुद्ध अवैध रूपमा गोप्य कागजात राखेको आरोपको मुद्दा खारेज

Author Image
मङ्गलवार, साउन १, २०८१

अमेरिकाको फ्लोरिडामा रहेको एक अदालतले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अवैध रूपमा गोप्य कागजात राखेको आरोपको मुद्दा खारेज गरेको छ । न्यायाधीश इलिन क्याननले यो मुद्दा ल्याउने अधिकार कसैलाई नभएको भन्दै ट्रम्पको पक्षमा फैसला सुनाउनुभएको हो । ट्रम्पले नियुक्त गरेका न्यायाधीश क्याननले ९३ पृष्ठ लामो फैसला सुनाएका बीबीसीले जनाएको छ ।

ट्रम्पमाथि अमेरिकी राष्ट्रपति पद छाडेपछि ह्वाइट हाउसबाट गोप्य कागजात गलत ढङ्गले आफ्नो निजी निवासमा लगेको आरोप लागेको थियो । फैसलापछि ट्रम्पले यो मुद्दा खारेज गर्नु पहिलो कदम भएको बताउदै आफूमाथिका चारवटै फौजदारी मुद्दा खारेज गर्नुपर्नेमा जोड दिनुभएको छ ।

उहाँले आफूविरुद्धका सबै मुद्दा चुनावी षड्यन्त्र मात्र भएको दाबीसमेत गर्नुभएको छ । ट्रम्पविरुद्ध न्यायमा बाधा पुर्‍याउने षड्यन्त्र, अवैध रूपमा कागजपत्र वा अभिलेख राख्ने र झुटा बयान दिनेलगायत अभियोगमा मुद्दा दर्ता भएका छन् ।

Views: 26

प्रतिक्रिया (०)

सम्बन्धित खबर