Aamsanchar

चन्द्रमामा गुफा भएको पुष्टि

Author Image
मङ्गलवार, साउन १, २०८१

केप कार्नाभेरल । वैज्ञानिकहरूले चन्द्रमामा गुफा भएको पुष्टि गरेका छन् । उक्त गुफा ५५ वर्षअघि नील आर्म स्ट्रङ र बज एल्ड्रिन ल्यान्ड गरेको स्थानभन्दा धेरै टाढा छैन । गुफा भविश्यका हजारौँ अन्तरिक्षयात्रीलाई राख्न सक्ने स्थान हुने वैज्ञानिकहरूको भनाइ छ ।

इटालीयन वैज्ञानिकको एक टोलीले सोमबार जानकारी गराएअनुसार चन्द्रमाको सबैभन्दा गहिरो खाडलबाट पहुँचयोग्य स्थानमा गुफा भएको प्रमाण मिलेको छ । सो स्थान एपोलो ११ अवतरण गरेको स्थानबाट करिब २५० माइल (४०० किलोमिटर) टाढा रहेको जनाइएको छ ।

त्यहाँ पत्ता लागेका २ सयभन्दा बढी खाडल लाभा ट्युबको पतनबाट बनेको जनाइएको छ । अनुसन्धाताहरूले नासाको लुनार रिकोन्नाइस्सेन्स अर्विटरको राडार मेजरमेन्टको विश्लेषण गर्दै यसको तुलना पृथ्वीको लाभा ट्युबसँग गरेका छन् ।

वैज्ञानिकहरूका अनुसार राडार डेटाले भूमिभित्रको खोक्रो अवस्थाको प्रारम्भिक जानकारी मात्रै दिएको छ । उनीहरूको अनुमानअनुसार त्यो कम्तिमा १३० फिट चौडा र दशौं मिटर लामो वा त्योभन्दा बढी पनि हुन सक्छ ।

“चन्द्रमामा गुफा झण्डै ५० वर्षसम्म रहस्यमय रहेको थियो । त्यसको अस्तित्व छ भन्ने कुरा अन्तिममा प्रमाणित हुनु उत्साहको कुरा हो”, ट्रेन्टो युनिभर्सिटीका लियोनार्दो केरर र लोरेन्जो ब्रुजोनले इमलेमा लेखेका छन् ।

वैज्ञानिकहरूका अनुसार धेरैजसो खाडल चन्द्रमाको प्राचीन लाभा मैदानमा छन् । चन्द्रमाको दक्षिणी ध्रुवमा पनि केही हुनसक्ने अनुमान गरिएको छ । उक्त क्षेत्रमा नासाका अन्तरिक्षयात्री यो दशकको अन्त्यतिर अवतरण गर्ने योजना छ ।

वैज्ञानिकहरूका अनुसार त्यहाँ रहेको क्रेटरमा जमेको पानी पिउने पानी र रकेट इनधनका लागि प्रयोग गर्न सकिने समेत वैज्ञानिकहरूको अनुमान छ ।

सन् १९६९को जुलाई २०मा आर्मस्ट्रङ र अल्ड्रिनबाट सुरु भएको चन्द्रमा यात्राको नासा एपोलो कार्यक्रममा १२ जना अन्तरिक्षयात्री अवतरण गरेका थिए । वैज्ञानिकहरुले प्राप्त गरेको तथ्यअनुसार चन्द्रमामा सयौं खाडल र हजारौं लाभा ट्युब हुन सक्छन् । यी स्थानहरू अन्तरिक्षयात्रीका लागि प्राकृतिक अश्रयस्थल बन्न सक्छन् । एपी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 38

प्रतिक्रिया (०)

सम्बन्धित खबर