दोहा । कतारमा रहेका झापाली हरुको सामाजिक संस्था झापाली समाज कतारले झापाकै दोस्रो ठुलो नगरपालिका दमक नगरपालिका कि उपमेयर रेगिना भट्टराई प्रसाईं लाई सम्मान गरेको छ । कतार भ्रमणमा रहेकी उपमेयर भट्टराई प्रसाईँ लाई दोहा कतारस्थित लालीगुराँस रेस्टुरेन्टमा आयोजित एक कार्यक्रमका बिच बुधबार सम्मान गरिएको हो । उनलाई समाजले सम्मान स्वरुप खादा माला साथै सम्मान पत्र हस्तान्तरण गरेको थियो।

झापाली समाजले विभिन्न किसिमका विपत्ति साथै वैदेशिक रोजगारका लागी कतार आइ दुःख कष्टमा परेकाहरूलाई सहयोग साथै देशमा विपत्ति परेकाबेला आर्थिक साथै सामाजिक सहयोग गर्दै आएको छ ।

समाजले झापाको दोस्रो ठुलो नगरपालिका कि युवा जोसजाँगर भएकी उपमेयर लाई सम्मान गर्दा स्थानीय सरकार ले गर्नुपर्ने विभिन्न काम हरूलाई सुस्म ढंगमा गर्न हौसला साथै उत्सुकता मिल्नेछ भने अपेक्षाका साथै स्थानीय सरकार भनेको देशकै दोस्रो शक्तिशाली विकास र परियोजना लाई नियालिने निकाय भएकाले स्थानीय सरकारको मेरुदण्डको रुपमा २०७९ मा निर्वाचित उपमेयर भएकोले उनलाई सम्मान गरिएको समाजले जनाएको छ ।
त्यसैगरी उनलाई सम्मान गर्दा देश र स्थानीय :tर प्रति माया सद्भाव अमर रहने र प्रेरणाको विकास हुने परिकल्पना गर्दै झापाली समाज कतारले भट्टराई प्रसाईंलाई सम्मान पत्र हस्तान्तरण गरेको छ।




कार्यक्रम सञ्चालन संस्थाका महासचिव सुदर्शन रोकाले गरेको समाजका सदस्य विमल भारतीले जानकारी गराएका थिए । उक्त कार्यक्रममा प्रवासमा रहेर पनि आफ्नै देशमा रहेको अनुभव भएको महसुस भएको थियो । कार्यक्रममा ४० जनाभन्दा बढी झापालीहरूले उपस्थित रहेको थियो । सो कार्यक्रममा आगामी दिनमा संस्थाका लागि स्थानीय स्तर साथै आफ्नो तर्फबाट हुन सक्ने विभिन्न तहमा उपप्रमुख रेगिना भट्टराई प्रसाईको सहकार्य रहने प्रतिबद्धता समेत प्राप्त भएको भारतीले बताए ।

