Aamsanchar

सुनचाँदीको मूल्य

Author Image
शुक्रवार, साउन ४, २०८१

काठमाडौं – स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई हजार रुपैयाँ घटेर कारोबार भएको छ ।

छापावाल सुन प्रतितोला एक लाख ४७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख ४६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदी प्रतितोला ३० रुपैयाँ घटेर एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ८६० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 34

प्रतिक्रिया (०)

सम्बन्धित खबर