Aamsanchar

काठमाडौंमा पोलियोको जीवाणु फेला

Author Image
शुक्रवार, साउन ४, २०८१

काठमाडौं – नेपालमा पोलियोको जीवाणु भेटिएको छ। टुकुचाको ढलबाट संकलन गरिएको नमुना परीक्षण गर्दा पोलियो भाइरस टाइप घ को जीवाणु भेटिएको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा अभियान गौतमले बताए।

काठमाडौंको पोलियो भाइरस जीवाणु आउट ब्रेक भएपछि स्वास्थ्य महाशाखाले काठमाडौं, ललितपुर भक्तपुरमा पोलियो विरुद्धको खोप अभियान सन्चालन गर्ने भएको छ।

डा गौतमका अनुसार काठमाडौं उपत्यकामा साउन १२ देखि पोलियो खोप अभियान संचालन हुनेछ। नेपालमा १३ वर्षयता पोलियो भाइरस देखिएको थिएन। १० वर्षअघि नेपाललाई पोलियो उन्मूलन घोषणा गरेको थियो।

यो नमुना जेठ १३ मा बैंकमा परीक्षण गर्न पठाइएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 41

प्रतिक्रिया (०)

सम्बन्धित खबर