Aamsanchar

केदारनाथ यात्रा मार्गमा पहिरो, तीनजनाको मृत्यु

Author Image
आइतवार, साउन ६, २०८१

नयाँदिल्ली –धार्मिक तीर्थस्थल भारतको केदारनाथ यात्रा मार्गमा आइतबार बिहान पहिरो जाँदा तीनजनाको मृत्यु भएको छ ।

समाचार एजेन्सी पीटीआइका अनुसार यो घटनामा तीनजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । सो घटनामा के कति धनजनको क्षति भयो भन्ने बारेमा भने जानकारी आइनसकेको जनाइएको छ ।

सो घटनालाई लिएर उत्तर प्रदेशका मुख्यमन्त्री पुष्करसिंह धामीले आफ्नो आधिकारिक एक्स ह्यान्डलमा पोस्ट गर्दै लेखेका छन्, “केदारनाथ यात्रा मार्गको आसपास पहाडबाट माटो र भारी पत्थर खस्दा केही यात्रु हताहत भएको समाचार अत्यन्त दुखद् छ ।”

मुख्यमन्त्रीले घटनास्थलमा राहत र उद्धार कार्य जारी रहेको र यस सम्बन्धमा निरन्तर अधिकारीहहरू सम्पर्कमा रहेको जनाएका छन् । सो घटनाका घाइतेलाई उपचारको राम्रो व्यवस्था गर्न उनले निर्देशन दिएका छन् । बीबीसी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 54

प्रतिक्रिया (०)