Aamsanchar

नेप्से परिसूचक बढ्यो

Author Image
बिहिवार, साउन १०, २०८१

काठमाडौँ – धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२ अंकले बढेर २ हजार ५६८ दशमलव ११ मा पुगेको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७ दशमलव शून्य ९ अंकले उकालो लागेर ४६० दशमलव शून्य ३ मा पुगेको छ।

कूल ३ करोड ५५ लाख ९४ हजार ८६८ कित्ता शेयर १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार ४९ रुपैयाँ मूल्यमा कारोबार भयो।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ४ उपसमूहको शेयर मूल्यमा गिरावट अएको छ।

९ उपसमूहको शेयर मूल्य भने बढेको छ।

नेप्सेका अनुसार उपकार लघुवित्त १०, जीवन विकास लघुवित्त र एशियन हाइड्रोपावरको शेयर मूल्यमा ९ दशमलव ९९ प्रतिशतले वृद्धि भएको छ।

गणपति लघुवित्त ९ दशमलव ९७ र राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले ९ दशमलव ९४ प्रतिशतले कमाएका छन्।

मितेरी डेभलपमेन्ट बैंक ७ दशमलव ६५, माण्डू हाइड्रोपावर ४ दशमलव ६८, एसबिएल डिबेञ्चर ३ दशमलव ९२, कालिका पावर कम्पनी ३ दशमलव ८१ र आरम्भ चौतारी लघुवित्तका लगानीकर्ताले ३ दशमलव ६१ प्रतिशतले गुमाएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 18

प्रतिक्रिया (०)