Aamsanchar

बङ्गलादेशमा निषेधाज्ञा खुकुलो

Author Image
शुक्रवार, साउन ११, २०८१

बङ्गलादेशमा विरोधका कार्यक्रम रोकिन थालेपछि तनाव कम हुँदै गएको छ । गएको हप्ता हिंसात्मक रुपमा भएको विरोध प्रदर्शनका कार्यक्रम कम भएपछि हिजोदेखि निषेधाज्ञा आदेशलाई खुकुलो पारिएको छ ।

विद्यार्थी सङ्गठनहरूले सरकारी जागिरमा आरक्षण नियमको विरोधमा प्रदर्शन गरेपछि अदालतले धेरैजसो कोटा हटाएर ९३ प्रतिशत कोटामा आममानिस प्रतिस्पर्धा गर्न पाउने फैसला गरेको थियो । त्यसपछि आन्दोलनमा ठूला झडपका घटना नभएका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

अझै पनि देशका विभिन्न शहरहरूमा हजारौँ सुरक्षाकर्मीले गस्ती गरिरहेका छन् । गएको हप्ता बन्द भएका बैङ्क, सरकारी कार्यालय र आर्थिकरूपले महत्वपूर्ण तयारी पोशाकका फ्याक्ट्रीहरू अस्ति बुधवारदेखि नै खुलेका थिए । कोटा प्रणालीको विरोधमा भएको आन्दोलनमा एक हप्ताकै बीचमा एक सय ६३ जनाको ज्यान गएको बङ्गलादेश प्रहरीले जनाएको छ । एक हजार जना घाइते भएका छन् ।

यो घटनालाई धेरैले बङ्गलादेश स्वतन्त्र भएपछिको सबैभन्दा ठूलो दमन र नरसंहार भनेका छन्। प्रहरीले पाँच सय ४० जनालाई पक्राउ गरिएको जनाएको छ । पक्राउ परेका विद्यार्थीको रिहाइ, कर्फ्यु फिर्ता, आन्दोलनमा दमन गर्ने सरकारी र प्रहरी अधिकारीको बर्खास्त र मृतकलाई क्षतिपूर्तिको माग गर्दै विद्यार्थी सङ्गगठनले आन्दोलन जारी राख्ने विषयमा आज थप छलफल गर्ने बङ्गलादेशी विद्यार्थी सङ्गठनलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्रताका लागि भएको युद्धका दिग्गजका आफन्तका लागि सरकारी जागिरमा एक तिहाइ कोटा छुट्याइएको विरोधमा आन्दोलन शुरु भएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 39

प्रतिक्रिया (०)

सम्बन्धित खबर