Aamsanchar

बंगलादेशमा आरक्षणविरोधी आन्दोलनका क्रममा भएको क्षतिलाई लिएर शेख हसिना रोइन, जनताले भने– गोहीको आँसु

Author Image
शुक्रवार, साउन ११, २०८१

ढाका – बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद एउटा रेल स्टेसनमा आरक्षणविरोधी आन्दोलनका क्रममा भएको क्षतिलाई लिएर रोएकी छन् । उक्त प्रदर्शनका क्रममा कम्तिमा १५० जनाको मृत्यु भएको थियो । प्रधानमन्त्री हसिना विद्यार्थी मारिँदा उनीहरूका परिवारलाई सहानुभूति दिन भने गएकी थिइनन् ।

तर, उनी बिहीबार मिरपुरको मेट्रो रेल स्टेसनमा गएर टिकट भेन्डिङ मेसिन र सिग्नलिङ कन्ट्रोल स्टेसनमा भएको क्षतिलाई लिएर टिस्युले आँखा पुछ्दै गरेको तस्बिर सार्वजनिक भएको थियो ।

उक्त दृश्य देखेर सर्वसाधारणले भने ‘गोहीको आँसु’ भन्दै सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् । एकजनाले एक्समा लेखेका छन्, “हामीले सयौं विद्यार्थी गुमायौँ । तर, प्रधानमन्त्रीलाई मेट्रोमा गएर रुन समय छ । कहिल्यै नफर्किने गरी गएका जनताका आफन्तकोमा जान उनलाई समय छैन ।”

बंगलादेशको सर्वोच्च अदालतले तल्लो अदालतको फैसला उल्ट्याएर आरक्षण खारेज गरिसके पनि विद्यार्थी नेताहरूले मृत्यु भएका प्रदर्शनकारीलाई न्याय र गिरफतार गरिएकाहरूकोे पक्षमा आन्दोलन जारी रहने माग गरिरहेका छन् । उनीहरूले सरकारका मन्त्रीहरूले राजीनामा दिनुपर्ने र प्रधानमन्त्री हसिनाले माफी माग्नुपर्ने माग समेत गरिरहेका छन् । बीबीसी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 23

प्रतिक्रिया (०)

सम्बन्धित खबर