![](https://aamsanchar.com/wp-content/uploads/2024/11/ramro.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/New-Project.jpg)
बिर्तामोड- बिर्तामोड नगरपालिका वडा नम्बर ९ स्थित भुसुडी खोलामा ट्रस पुल निर्माण भएको छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/08/manav-Finel.gif)
पुल नहुँदा सतालसिङ र डाँडागाउँ टोलका स्थानीयले वर्षौदेखि वारीपारी गर्न समस्या भोग्दै आएका थिए । भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेशको २७ लाख ५८ हजार आठ सय एकाउन्न रुपैयाँ ( भ्याट, पि.एसआईटमसहितको लगानीमा १६ मिटर लम्बाई तथा १.६ मिटर चौडाईको पुल निर्माण भएको हो ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/09/nepal-s-yyy.gif)
वडा नम्बर ९ का वडाअध्यक्ष हरिप्रसाद चौलागाईले पुल बनेपछि सहिद लक्ष्मी प्राथमिक विद्यालय र दुर्गा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आवतजावतमा सहज भएको बताउनु भयो । उहाँले वर्खामा वारीपारी गर्न बाँसको फड्के लगाउने गरेको भएपनि यस वर्षदेखि त्यो समस्या समाधान भएको बताउनु भयो । प्रदेश सांसद कमला थापा मगरको पहलमा पुलको बजेट विनियोजन भएको जनाइएको छ।
![](https://aamsanchar.com/wp-content/uploads/2025/01/birta-h.gif)
पुल निर्माणको काम सम्पन्न भएकोले चेकजाँच तथा अनुगमन गरी चाँडै हस्तान्तरण गरिने ठेकेदार कम्पनी आस्था निर्माण सेवा सुनसरीका प्रतिनिधि लिफाङ लिम्बुले जानकारी दिनुभयो । यस पुलबाट १ सय ७५ घरधुरी प्रत्यक्षरुपमा लाभान्वित हुनेछन् ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/09/C-REC-1.67-MB.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2024/12/kasham.gif)