Aamsanchar

हरेक वर्ष अष्ट्रेलियालीले सात लाख टनभन्दा बढी खाना फ्याँक्छन्

Author Image
शनिवार, साउन १२, २०८१

अष्ट्रेलियाली नागरिकले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको छ । इण्ड फुड वेष्ट अष्ट्रेलिया (ईएफडब्लूए) द्वारा प्रकाशित प्रतिवेदनअनुसार अष्ट्रेलियालीहरूले दैनिक दुई करोड ९० लाख डलर बराबरको खाना खेर फाल्छन् ।

दक्षिण अस्ट्रेलियामा रहेको ईएफडब्लूएका प्रमुख कार्यकारी स्टिभन लापिजले यहाँ ३७ लाख घरपरिवारलाई टेबलमा खाना राख्न संघर्ष गरिरहेको समयमा प्रत्येक अष्ट्रेलियालीलाई दिउँसोको खाना उपलब्ध गराउन यो बर्बादी पर्याप्त रहेको बताए।

अष्ट्रेलियालीहरूले प्रत्येक वर्ष बर्बाद गर्ने खानाको संयुक्त मूल्य ३६ अर्ब ६० करोड अष्ट्रेलियाली डलर ९२४ अर्ब ३० करोड अमेरिकी डलर० रहेको प्रतिवेदनले अनुमान गरेको छ ।

नयाँ प्रतिवेदन सन् २०२४ राष्ट्रिय खाद्य अपशिष्ट शिखर सम्मेलनको पूर्वसन्ध्यामा प्रकाशित गरिएको थियो । यसले मेलबर्नमा विश्वभरका विज्ञ र उद्योगका नेताहरूलाई एकसाथ आमन्त्रण गर्छ।

लापिजले एक मिडिया विज्ञप्तिमा दुई दिने कार्यक्रम राष्ट्रिय रणनीति र सन् २०३० लक्ष्यको बीचको बीचमा बिन्दुमा आउने बताउनुभयो ।

‘यो कठिन समय हो, जीवनको लागतको सङ्कटले कार्यको आवश्यकतालाई तीव्ररूपमा ध्यान दिइरहेको छ’, उनले भने, ‘हामी सन् २०३० सम्ममा खाद्यान्नको बर्बादीलाई आधा गर्ने हाम्रो योजनाको आधा बाटोमा छौँ । यो शिखर सम्मेलन महत्त्वपूर्ण छ।’,

जलवायु परिवर्तन, ऊर्जा, वातावरण र जल विभागले खाद्यान्को बर्बादी अस्ट्रेलियाको वार्षिक हरितगृह ग्यास उत्सर्जनको तीन प्रतिशत ओगट्ने र खाना उत्पादन गर्न २६ हजार गिगालिटर पानी खेर गएको अनुमान गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 41

प्रतिक्रिया (०)

सम्बन्धित खबर