Aamsanchar

चितवनमा ६४ जनामा डेंगीको संक्रमण

Author Image
शनिवार, साउन १२, २०८१

चितवन –चितवनमा ६४ जनामा डेंगीको संक्रमण देखिएको छ । ३०४ जनाको परीक्षणका क्रममा उनीहरुमा डेंगी संक्रमण देखिएको हो ।

संक्रमितमध्ये ५१ जना चितवनका हुन् । साउनको ११ गते सम्ममा उनीहरुमा डेंगी संक्रमण देखिएको हो ।

जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीका अनुसार यस वर्ष इच्छाकामना गाउँपालिकामा डेंगीको संक्रमण बढेको छ । गाउँपालिकामा हालसम्म ४५ जनामा डेंगीको संक्रमण देखिएको उनले बताए ।

भरतपुर महानगरपालिकामा हालसम्म ६ जनामा डेंगी देखिएको छ । उहाँले भन्नुभयो, “डेंगी संक्रमण इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाको बजार क्षेत्रमा बढी छ ।” संक्रमण बढेसँगै संक्रमित क्षेत्रमा सचेतना बढाइएको उनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 19

प्रतिक्रिया (०)