Aamsanchar

तीर्थयात्रा गर्न इराक गएका ५० हजार पाकिस्तानी बेपत्ता

Author Image
शनिवार, साउन १२, २०८१

इस्लामाबाद – पाकिस्तानबाट तीर्थयात्रा गर्न इराक गएका ५० हजार पाकिस्तानी बेपत्ता भएका छन्। पाकिस्तानका धार्मिकमन्त्री चौधरी सालिक हुसैनले उक्त जानकारी दिएका हुन्।

मन्त्री चौधरीले पाकिस्तानको सीनेट समितिको बैठकमा तीर्थ गर्न इराक गएका ५० हजार इराकी नफर्किएर उतै बेपत्ता भएको जानकारी दिएका हुन्।

इराकी सरकारले बेपत्ता भएका भनेका ५० हजार पाकिस्तानी अवैध रूपमा इराकमा काम गरिरहेको भन्दै चिन्ता व्यक्त गरेको छ।

मिडिल इष्ट आईको प्रतिवेदनअनुसार वार्षिक लाखौँ विदेशी तीर्थयात्री इराक आउने गरेका छन्। शिया मुस्लिमहरू इराकका अरबाइन र असूरामा तीर्थयात्रा गर्न आउने गरेका छन्।

पैगम्बर मोहम्मदका नाति हुसेन मारिएको ठाउँ भएकाले शिया मुस्लिमले अरबाइनलाई पवित्र ठाउँ मान्छन्। करोडौँ शिया धर्मावलम्बी यहाँ आउने गरेका छन्। पाकिस्तानका शिया मुस्लिम पनि यसैगरी यहाँ आउने गरेका छन्।

इराकका श्रम तथा सामाजिक मामिला मन्त्री अहमद अलअसदीले यसरी बेपत्ता हुने पाकिस्तानीले अवैध रूपमा काम गर्ने गरेको बताए।

उनले भने, ´पछिल्ला दिनमा विभिन्न देशबाट आएका विदेशी नागरिकले गैरकानुनी रूपमा यहाँ काम गर्न थालेका छन्‚ तिनमा पाकिस्तानी छन्। सबै पर्यटकको स्वागत गर्छौं तर गैरकानुनी काम गर्नेलाई कारबाही गर्छौं।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 70

प्रतिक्रिया (०)

सम्बन्धित खबर