Aamsanchar

सुनचाँदीको मूल्य बढ्यो

Author Image
आइतवार, साउन १३, २०८१

काठमाडौं – स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक हजार रुपैयाँले बढेर एक लाख ४५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेर एक हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी एक हजार ७३० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Views: 109

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुन र चाँदीको मूल्य
आइतवार, चैत २२, २०८२
सुनकाे मुल्य
शुक्रवार, चैत २०, २०८२