

भक्तपुर । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) को आयोजनामा दुईदिने व्यक्तित्व विकास तथा ‘फ्ल्यासफोटोग्राफी’ तालिम सम्पन भएको छ । एनएफपिजे नेपालको केन्द्रीय समितिका १३ जना फोटोपत्रकारका लागि सो तालिमको आयोजना गरिएको हो ।

तालिमको उद्घाटन गर्दै संस्थाका अध्यक्ष प्रदीपराज वन्तले प्राविधिक सीप र क्षमता विकासका लागि यस्ता कार्यक्रम अनिवार्य भएको बताए ।


अध्यक्ष वन्तले विभिन्न सन्चार माध्यममा आवद्ध फोटोपत्रकारहरूलाई यस क्षेत्रमा आकर्षित गर्ने र नेपालमै बसेर फोटोपत्रकारितामार्फत विश्वलाई नेपालबारे जानकारी दिन सकिन्छ भन्ने विश्वास जगाउन तालिमले सहयोग गर्ने विश्वास व्यक्त गरे। उनले आगामी दिनमा नेपालभरका फोटोपत्रकारलाई यस्ता तालिम उपलब्ध गराउन एनएफपिजे नेपाल लागिपर्ने बताए ।



