Aamsanchar

कोचिङ सेन्टरमा बाढी पस्दा डुबेर तीन विद्यार्थीको मृ*त्यु,

Author Image
आइतवार, साउन १३, २०८१

नयाँ दिल्ली – दिल्लीमा शनिबार साँझ परेको वर्षाका कारण पुरानो राजेन्द्र नगरमा रहेको राउ आईएएस कोचिङ सेन्टरमा बाढी पसेको छ । पानीमा डुबेर तीन विद्यार्थीको मृत्यु भएको छ ।

शनिबार साँझ ७ बजे सूचना पाएपछि एनडीआरएफ बोलाइएको प्रहरीले जनाएको छ । राति अबेरसम्म तीन विद्यार्थीको शव फेला परेको थियो । यसैबीच १४ जना विद्यार्थीलाई सकुशल बाहिर निकालिएको छ ।

बेसमेन्टमा कति विद्यार्थी फसेका थिए भन्ने जानकारी भने खुल्न नसकेको भारतीय सञ्चारमाध्यम उल्लेख छ। साँझ ७ बजे पुस्तकालय बन्द हुन लागेको समयमा विद्यार्थी बाहिर निस्किन लागेका र सोही समय बाढी आएर भित्र पसेको सञ्चानमाध्यममा जनाइएको छ। पुस्तकालय बाहिर निस्कने एउटा मात्र गेट र बेसमेन्टबाट बाहिर निस्कन एउटा मात्र सिँढी रहेको जनाइएको छ।

 

पुस्तकालय खाली गर्दासम्म घुँडासम्म पानी भइसकेको प्रत्यक्षदर्शी विद्यार्थीले बताए । पानीको बहाव धेरै भएर सिँढी चढ्न गाह्रो भएको र २-३ मिनेटमा सम्पूर्ण पुस्तकालयमा १०-१२ फिट पानी भरिएको उनीहरुले बताए। विद्यार्थीहरु पानीबाट जोगिन बेन्चमाथि उभिएर बसेका थिए।

विद्यार्थीलाई बचाउन डोरी फालिएको थियो, तर पानी फोहोर भएकाले डोरीहरू देखिएनन् । उच्च चापका कारण एक्कासि पानी भित्र कसरी आयो भन्ने नखुलेको र सो सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ । कोचिङ सञ्चालक र संयोजक पक्राउ परेका छन् ।

सुरुमा सडकमा पानी जमेका कारण बेसमेन्टबाट पानी निकाल्न ढिलाइ भएको थियो। सडकमा पानीको सतह कम भएपछि बेसमेन्टबाट पानी बाहिर निस्कन थाल्यो । त्यसपछि पानी बाहिर निकाल्न थालेको र विद्यार्थीको शव पनि फेला परेको जनाइएको छ।

उद्धारका क्रममा बेन्च पानीमा तैरिएको प्रहरीले जनाएको छ । त्यसैले बालबालिकालाई बाहिर निकाल्न समस्या भएको थियो । राति अबेरसम्म उद्धार अन्तिम चरणमा पुग्दा पनि ७ फिट पानी भित्र रहेको थियो । बालबालिकालाई डोरीको सहायताले सकुशल उद्धार गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 71

प्रतिक्रिया (०)

सम्बन्धित खबर