Aamsanchar

दुर्गापुरमा प्रभु बैँकको नयाँ शाखा सञ्चालन, ग्राहकको बचत पैसा डुब्न दिदैनौँ : केन्द्रिय अध्यक्ष सिटौला

Author Image
बिहिवार, साउन १७, २०८१

कनकाई। झापाको कनकाई नगरपालिका-७ दुर्गापुरमा प्रभु बैंकको शाखा सञ्चालनमा आएको छ। 

आजदेखि बैंकको ३१४ औं शाखा सञ्चालनमा आएको हो । बैँक सञ्चालक समिति अध्यक्ष लीलाप्रकाश सिटौलाले लगायतले उद्घाटन गरेका छन्।

कार्यक्रममा विशेष अतिथि कनकाई नगरपालिका नगर उपप्रमुख आशा शृर्मा शिवाकोटी, कनकाई-७ का वडाध्यक्ष भिष्मभूषण सिटौला, कनकाई(-८ का वडाध्यक्ष लीलाबहादुर कटुवाल, कोटीहवन धार्मिक विकास संस्थाका अध्यक्ष शेरबहादुर थापा, नवयुग शिक्षा निकेतनका राजन कार्की, पूर्व शिक्षक अनिरुद्र ओली, महिला उद्यमी सरला पोखरेल, भृकुटी माविका पूर्व अध्यक्ष बालकृष्ण सिटौलाले सफलताको शुभकामना व्यक्त गरेका थिए । वक्ताहरूले दुर्गापुर शाखाले यहाँको जनजिविका उकास्न मद्दत मिल्ने विश्वास गरे ।

ग्राहकले बचत गरेको पैसा डुब्न नदिने बैंकका अध्यक्ष सिटौलाले बताए । उनले पैसा जम्मा गर्न अनुरोध गरे । पैसालाई संरक्षण र भ्यालु सिर्जना गर्ने काममा लगाइने उनले बताए ।

बैंकका कोशी प्रदेश व्यापार अधिकृत बद्रीकुमार कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत बैंकका शाखा प्रमुख शिशिर घिमिरे र  सञ्चालन बैंकका कोशी प्रदेश प्रमुख दिपक पौडेलले गरेका थिए ।

झापामा काँकरभिट्टा, दमक, भद्रपुर, बिर्तामोडपछि  पाँचौं शाखाको रूपमा दुर्गापुर शाखा सञ्चालनमा आएको शाखा प्रमुख शिशिर घिमेरे  जानकारी दिए । आज उद्घाटनकै दिन २७० बढी खाता खोल्न लागिएको उनले बताए । यसक्षेत्रको आर्थिक चलायमान बनाउन बैँक शाखा सञ्चालनमा आएको उनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
6
+1
0
+1
1
+1
1
+1
0
+1
2
+1
0
Views: 90

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ बढ्यो
बिहिवार, पौष २५, २०८१
आज विदेशी मुद्राको विनिमय दर
बिहिवार, पौष २५, २०८१
सुनको भाउ बढ्यो
बुधवार, पौष २४, २०८१