गुल्मी – गुल्मीको रेसुङ्गा नगरपालिकाले रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्ययन गर्नेलाई निःशुल्क भर्ना गरिदिने भएको छ ।
सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा बुहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा भर्नाबापतको प्रति विद्यार्थी पाँच हजार रुपैयाँ नगरपालिकाले तिरिदिने भएको हो । क्याम्पसमा विद्यार्थीको सङ्ख्या निकै घटिरहेकाले विद्यार्थीलाई भर्नाबापतको रकम निःशुल्क गरेर आफूहरूले तिरिदिने नगरपालिका प्रमुख खिलराज पन्थीले जानकारी दिनुभयो ।
क्याम्पसमा अहिले सात सय ७९ जना विद्यार्थी छन् । रेसुङ्गा नगरपालिकाले क्याम्पसमा यसअघि दुई चरणमा गरी एक करोड रुपैयाँ आर्थिक सहयोग गरिससकेको छ । तलब दिन नसकेपछि रेसुङ्गा बहुमुखी क्याम्पसले यसअघि नै सङ्कटकाल घोषणा गरेर केही उपप्रध्यापकलाई हटाएको थियो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 69