Aamsanchar

माछा र आँप खाएर बिरामी भएका एकै परिवारका तीनजना बालबालिकाको मृ*त्यु

Author Image
मङ्गलवार, साउन २९, २०८१

बारा । बारामा माछा र आँप खाएर बिरामी भएका एकै परिवारका तीनजना बालबालिकाको मृत्यु भएको छ।

जिल्ला प्रशासन कार्यालय बाराका अनुसार सिम्रौनगढ नगरपालिका–७ झवानीटोलका नरेश रामका तीनजना छोराछोरीको उपचारको क्रममा मृत्यु भएको हो।

बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका अनुसार नरेश रामका ९ वर्षीया छोरी लालिमा, ७ वर्षीया पुष्पा र ५ वर्षीय छोरा कृष्णनन्दन रामको सोमबार मृत्यु भएको हो।

आइतवार राति घर नजिककैको पोखरीबाट ल्याइएको माछा, भात र आँप खाएपछि उनीहरू बिरामी भएका थिए। बान्ता हुने, पेट दुख्ने समस्या देखिएपछि तीनैजनालाई राति नै सिम्रौनगढ स्वास्थ्य क्लिनिकमा उपचारको लागि भर्ना गरिएको थियो।

भर्ना गरिएकामध्ये २ जनाको उपचारको क्रममा सोमवार राति र एकजनाको आज बिहान मृत्यु भएको घिमिरेले बताए।

फूड पोइजनिङ्गका कारण मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएपनि घटनाबारे थप अनुसन्धान सुरु गरिएको पनि उनले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 68

प्रतिक्रिया (०)

सम्बन्धित खबर