Aamsanchar

संक्रमणकालीन न्यायमा फड्के किनारामा बस्दैनौंः सभापति लामिछाने

Author Image
बुधवार, साउन ३०, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संक्रमणकालीन न्यायमा आफूहरू फड्के किनारामा साक्षी नबस्ने बताएका छन्।

बुधबार प्रतिनिधिसभामा प्रस्तुत बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप (तेस्रो संशोधन) विधेयक २०७९’ माथि छलफलमा बोल्दै लामिछानेले यस्तो बताएका छन्।

‘संक्रमणकालीन न्यायमा हाम्रो सधैँ सहयोग रहनेछ। सहयोग गर्छौं भन्नुको अर्थ फड्के किनाराको साक्षी हुन्छौं भन्न खोजेको अवश्य होइन,’ लामिछानेले भने, ‘सम्मानित सदनको चौथो शक्ति भएको कर्तव्य र दायित्व हामीलाई असाध्यै थाहा छ।’

उनले सरकारसहित सबै राजनीतिक दललाई हाम्रो उपस्थिति नजरअन्दाज नगर्न आग्रह गरे। संक्रमणकालीन न्यायको पर्खाइमा रहेका सबै पीडितलाई राहत दिन सबैसँग सहकार्य गर्न तयार रहेको लामिछानेले प्रतिबद्धता गरे। तर न्याय प्रणालीमा केही चुनौती रहेको पनि बताए। नागरिकबाट साभार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 66

प्रतिक्रिया (०)

सम्बन्धित खबर