Aamsanchar

सालबाडीमा ५५ जनाले रक्तदान गरे

Author Image
शनिवार, भदौ १, २०८१

बिर्तामोड । झापाको एक पर्यटकीय स्थल सालबाडीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय युवा सङ्घ नेपाल अर्जुनधारा ६ नम्बर वडा कमिटीको आयोजनामा आज (शनिबार) रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

युवाहरूलाई मानव सेवा, सामाजिक क्षेत्रमा समर्पित गराउँदै युवा वर्गलाई सुजबुझ सहित राजनीति जीवनमा सक्रिय गराउँदै आएको राष्ट्रिय युवा सङ्घ अन्तरगत आयोजित रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेको बताईएको छ ।

राष्ट्रिय युवा सङ्घ नेपाल अर्जुनधारा ६ नम्बर वडा कमिटीका अध्यक्ष विपुल राईको अध्यक्षतामा आयोजित रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोग रहेको थियो ।
नेकपा एमाले केन्द्रिय सल्लाहकार सदस्य एवम् कोशी प्रदेशसभा सदस्य चिन्तन पाठकको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा राष्ट्रिय युवा सङ्घ नेपाल स्थाई कमिटी सदस्य, सङ्गठन विभाग सचिव रोजिना पाण्डे, स्थाई कमिटी सदस्य सागर पोर्तेल, निशा लिम्बू, राष्ट्रिय युवा सङ्घ नेपाल झापा जिल्ला खगेन्द्रराज आङदाङ्वे, राष्ट्रिय युवा सङ्घ नेपाल कोशी प्रदेश सचिव विनोद राना, राष्ट्रिय युवा सङ्घ नेपाल झापा जिल्ला अध्यक्ष फुर्वा लामाको आतिथ्य रहेको थियो । त्यसैगरी नेकपा एमाले अर्जुनधारा नगरकमिटी अध्यक्ष वृर्ख प्रधान, उपाध्यक्ष त्रिदेव खत्री, सहसचिव भानु मिश्र लगायतको आतिथ्य रहेको बताईएको छ ।

Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर