Aamsanchar

झापाकी एक ५५ वर्षीय साहसिक महिला, बुलेट मोटरसाइकल चलाएर मेचीमहाकाली यात्रा गर्ने 

Author Image
आइतवार, भदौ २, २०८१

बुद्धशान्ति।  बुलेट बाइक कुदाउनु एक महिलाका लागि चुनौतीपूर्ण कुरा हो । तर यो कुरालाई चिर्दै र छोरी बुहारीले पनि समाजमा केही गर्न सक्षम छन भन्ने प्रमाणित गर्न झापा बुद्धशान्ति गाउँपालिका ३ की ५५ वर्षीय शुशिला उप्रेती तिवारीले मेची महाकाली बुलेट यात्रा गर्ने भएकी छिन ।

विश्व शान्तिको कामना गर्दै आयोजना गरिएको बुलेट बाइक यात्रा भदौं  ५ गते बाट सुरु भइ १५ गते समाप्त हुने कुरा आज पत्रकार भेटघाट गरि बताइएको हो ।

तिवारीको यात्रा बुद्धशान्ति गाउँपालिका ३ स्थित राम जानकी मन्दिरबाट नौमती बाजा सहित सुरु भइ जगतगुरु जन्म स्थल हुँदै पूर्वी नाका  काँकडभिट्टाबाट आज बिहान १० बजे सुरु हुने कुरा उनका नाति मनिस मैनाली  (राइडर मनिस) ले जानकारी दिए ।  यात्रामा तिवारीकी   नाति मैनालीले पनि उनलाई साथ दिने छन् । सो यात्राका क्रममा जोकोही व्यक्तिले यथाशक्य सहयोग गर्न सक्ने बताइएको छ । समाजमा छोरी बुहारीहरु प्रति रहेको नकारात्मक टिप्पणीलाई गलत साबित गर्न एउटा उदाहरण महिलाको रुपमामा तिवारी चिनिँदै आएकी छिन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
Views: 47

प्रतिक्रिया (०)