Aamsanchar

स्वास्थ्य बिमा बोर्डद्वारा एक महिना ढिला गरी परिमार्जित दररेटहरू कार्यान्वयन, यस्ता छन् सुविधा

Author Image
सोमवार, भदौ ३, २०८१

काठमाडौं – स्वास्थ्य बिमा बोर्डले एक महिना ढिला गरी परिमार्जित दररेटहरू कार्यान्वयन गरेको छ। बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाका अनुसार परिमार्जित दर रेटमा ओपिडी टिकट ५० रुपैयाँ तोकिएको छ। यसअघि ओपिडी टिकटको लागि २५० रुपियाँ तोकिएको थियो।

जनरल बेडचार्ज प्रतिदिन २५० राखिएको छ। सबैभन्दा बढी केही रोगहरुको सर्जरीमा ७० हजार रुपैयाँ सम्म शुल्क तोकिएको छ। स्वास्थ्य बीमामा १ हजार २९० प्रकारका औषधिहरुको शुल्क तोकिएको छ।

‘हामीले हामीले बिमामार्फत पाउँदै आएका सेवाहरुको दररेट समयानुकूल परिवर्तन गरेर भर्खरै कार्यान्वयनमा गरेका छौँ, अब केही दररेट घटेका पनि छन् केही दररेट सत प्रतिशतसम्म बढेको पनि छन्, उपचार सेवामा केही बढेको छ, औषधिको हकमा हामीले बजारको एमआरपी मूल्यअनुसार नै दररेट तोकेका छौँ’ बोर्डका कार्यकारी निर्देशक डा बसौलाले भने।

परिमार्जित सुविधा थैलीमा कतिपय सेवाहरु तोकिएको अवधीमा मात्रै गर्न मिल्ने गरी क्यापिङ नम्बरको व्यवस्था गरिएको छ । बोर्डका कार्यकारी निर्देशक डा। दामोदर बसौलाले परिमार्जित दररेट समय सापेक्ष भएको बताए ।

बढ्दै गएको नसर्ने रोगहरुको उपचारमा जनतालाई आर्थिक भार नपरोस् भन्दै सरकारले २०७२ साल देखि स्वास्थ्य बिमा कार्यक्रम लागू गरे पनि प्रभावकारी रूपमा बिमामार्फतका सेवा नपाउने भन्दै पछिल्लो समय स्वास्थ्य बिमा प्रभावकारी हुन सकेको छैन। विशेषगरी बिमामार्फत दिइने औषधि सेवाप्रदायक स्वास्थ्य संस्थाहरूमा नपाइने, बिमामार्फतका अन्य स्वास्थ्य सेवा लिन अप्ठ्यारो हुने लगायतका स्वास्थ्य बिमाका प्रमुख गुनासा हुन्।

तर हाल देशभरका ठूला देखी साना स्वास्थ्य संस्था गरी देशभरका ४४० वटा स्वास्थ्य संस्थाहरु स्वास्थ्य बिमा मार्फतको सेवा दिन सूचीकृत भएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 62

प्रतिक्रिया (०)

सम्बन्धित खबर