Aamsanchar

नायिका आँचल शर्मासहित ‘वर एण्ड बधु’ को टिम बिर्तामोडमा

Author Image
बिहिवार, भदौ ६, २०८१

बिर्तामोड । नेपाली चलचित्र ‘वर एण्ड बधु’ को निर्माण तथा कलाकार टोली झापाको बिर्तामोडमा आएको छ ।

आज .(विहिबार) बिर्तामोड आईपुगेको चलचित्रको टोलीले झापाली पत्रकारहरु संग भेटघाट गरेको छ । यही भदौं १४ गते रिलिज हुने चलचित्र ‘वर एण्ड बधु’ को प्रचार प्रसारको शिलशिलामा चलचित्र निर्माण तथा कलाकारको टोली बिर्तामोड आई पुगेको हो ।

चलचित्रको व्यापक प्रचार प्रसारको लागि उपत्याका बाहिरका जिल्लाहरुको प्रमुख सहरहरुमा प्रेसमिट गर्दै प्रचार अभियानको सुरुवात बिर्तामोडबाट गरिएको निर्देशक मिलन चाम्सले बताए ।

प्रचार अभियानमा निर्देशक मिलन चाम्स, नायिका आँचल शर्मा, नायक विवेक कर्माचार्य, कलाकार किरण केसी, निर्माता जानुका थापालगायत बिर्तामोड आएका थिए । बिर्तामोड बाट आजै चलचित्रको टोली धरान तर्फ लागेको छ ।

फिल्म ‘वर एण्ड बधु’ले सामाजिक कथालाई रमाइलो शैलीमा भन्ने निर्माणपक्षले बताएको छ । तीजको छेको पारेर यो फिल्म रिलिज गर्न लागिएको हो । फिल्मको छायाङ्कन नेपाल र रोमानियामा गरिएको हो ।

पत्रकार भेटघाट कार्यक्रमको सञ्चालन सुनिता तामाङले गरेकी थिइन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 19

प्रतिक्रिया (०)

सम्बन्धित खबर