Aamsanchar

चलचित्र ‘तेल भिसा’को गीत सार्वजनिक

Author Image
सोमवार, भदौ १०, २०८१

काठमाडौं – चलचित्र ‘तेल भिसा’को गीत ‘हरि नाम झैँ’ सार्वजनिक भएको छ । निर्देशक शंकर घिमिरेको लेखन तथा निर्देशनमा निर्माण भइरहेको चलचित्रको लिरिकल भिडियोसहितको गीत सार्वजनिक भएको हो ।

कल्याण सिंहको संगीत तथा हर्क साउदको शब्द रचना रहेको गीतमा निशान भट्टराई र समीरा थपलियाको स्वर छ ।

गीतले चलचित्रको केही कथा भन्ने प्रयास गरेको छ । नेपाल र विदेश दुई ठाउँमा परिवारका सदस्य रहँदाको दुःखलाई गीतले भन्ने प्रयास गरेको छ ।

लिरिकल भिडियोमा चलचित्रका मुख्य कलाकार विपीन कार्की, वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ र सुचित्रा उप्रेती फिचर्ड छन् । लिरिकल भिडियोमा चलचित्रका चलअचल दृश्य समावेश छन् ।

चलचित्रमा अभिनेता विपीन कार्की दोहोरो भूमिकामा देखिएका छन् ।

‘तेल भिसा’बाट निर्देशक शंकर घिमिरे १२ वर्षपछि निर्देशनमा कमव्याक गर्दैछन् । आगामी मंसिर ७ गतेबाट चलचित्र नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आउँदैछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 69

प्रतिक्रिया (०)

सम्बन्धित खबर