Aamsanchar

हात्तीको दाँत र गैँडाको सिङ सामाजिक सञ्जाल मार्फत बिक्री गर्न खोज्ने प*क्राउ

Author Image
बिहिवार, भदौ १३, २०८१

जकार्ता – हात्तीको दाँत र लोपोन्मुख गैँडाको सिङ सामाजिक सञ्जालमार्फत बिक्री गर्न खोज्ने एक व्यक्तिलाई इन्डोनेसियाली प्रशासनले पक्राउ गरेको छ ।

इन्डोनेसियाको वातावरण मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै पक्राउ परेका व्यक्ति दोषी ठहरिएमा १५ वर्षसम्मको जेल सजाय हुन सक्ने जनाएको छ । इन्डोनेसियामा वन्यजन्तुको अवैध व्यापार व्याप्त रहेको छ ।
दक्षिण सुमात्रा प्रहरीले यसै वर्षको सुरुमा फेसबुकमा संरक्षित वन्यजन्तुका केही भाग बिक्रीका लागि प्रस्ताव गरेको पोस्ट देखेपछि अनुसन्धान सुरु गरेको थियो ।

दक्षिण सुमात्राको पालेम्बाङमा गैँडाको सिङ र हात्तीको दाँतबाट बनेको पाइप बिक्री गर्ने क्रममा गत साता ‘जेडए अर्थात् जा’ भनिने ६० वर्षीय एक व्यक्तिलाई पक्राउ गरिएको थियो ।

उनको घरमा थप सात वटा गैँडाको सिङ र चारवटा हात्तीको दाँत फेला परेको प्रहरीले जनाएको छ । “उनी वन्यजन्तुको व्यापारमा निकै अनुभवी रहेको देखिन्छ,” वातावरण मन्त्रालयले भनेको छ ।

सन् २०१८ देखि यता उजुङ कुलोन राष्ट्रिय निकुञ्जमा २६ वटा लोपोन्मुख जाभान गैँडा मारेको आशंकामा प्रहरीले गत जुनमा चोरी सिकारीको समूहलाई पक्राउ गरेको थियो ।

कुनै समय दक्षिणपूर्वी एसियामा यिनीहरू हजारौँको संख्यामा थिए । तर, अनियन्त्रित चोरी सिकारी र तिनीहरूको वासस्थानमाथिको मानव अतिक्रमणले गर्दा धेरै प्रभावित भएका छन् र वातावरण मन्त्रालयले जंगलमा करिब ८० वटा मात्र जनावरहरू बाँकी रहेको बताएको छ ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन)ले सुमात्रान गैँडालाई पनि अति संकटापन्न घोषणा गरेको छ भने ५० भन्दा कम गैँडा बाँकी छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 76

प्रतिक्रिया (०)

सम्बन्धित खबर