Aamsanchar

इष्टर्न सहाराले आईपीओ जारी गर्ने भयो, क्रेडिट रेटिङ्ग संस्थासँग द्विपक्षीय सम्झौता

Author Image
शुक्रवार, भदौ १४, २०८१

बिर्तामोड । झापाको बिर्तामो नगरपालिका–२ चारपानेमा मुख्य कार्यालयरहेको इष्टर्न सहारा कम्पनी लिमिटेडले साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा प्रति कित्ता शेयर मुल्य एक सय रुपैयाँ दरको ३० लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्न लागेको हो ।

सर्वसाधारणहरुमा निष्काशन गरिने साधारण शेयरको लागि “क्रेडिट रेटिङ्ग नियमावली, २०६८” को नियम ३ मा भएको व्यवस्था बमोजिम क्रेडिट रेटिङ्ग गर्नको निमित्त नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्थासँग द्विपक्षीय सम्झौता भएको छ ।

एकवर्ष अघि पब्लिक कम्पनीको रुपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको इष्टर्न साहारा कम्पनी लिमिटेडको लियाजन अफिस बानेश्वर हाइट काठमाडौंमा रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 72

प्रतिक्रिया (०)

सम्बन्धित खबर