Aamsanchar

बिर्तामोडमा सुजुकीको ‘स्विफ्ट’ कार बिक्री सुरु, प्रयोगकर्ता दङ्ग हुने सुजुकी ‘पर्वोत्सव’ योजना 

Author Image
शुक्रवार, भदौ १४, २०८१

बिर्तामोड । नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्स् अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले भर्खरै भित्र्याएको नयाँ आधुनिक उत्पादन ‘थर्ड जेनेरेसन स्विफ्ट’ गाडी नेपाली बजारमा बिक्री सुरु भएको छ ।

बिर्तामोड –२, रामचोक स्थित सुजुकी गाडीको आधिकारिक बिक्रेता आर.ए. ट्रेडर्स अटोले पनि आज एक कार्यक्रमका बिच ‘स्विफ्ट’ गाडी सार्वजनिक गरेर बिक्री सुरु गरेको छ ।

सीजी डिलर्स इन्चार्ज सृजन दाहाल,  आर.ए. ट्रेडर्सका डाइरेक्टर अनुस्थान विक्रम थापा, विजनेस हेड कुवेर बस्नेत र जेनेरल मेनेजर सोकेन्द्र गौतमले संयूक्त रुपमा नयाँ गाडी स्विफ्टको पर्दा खोलेर सार्वजनिक गरेका थिए ।

सुजुकी ’पर्वोत्सव’ २०८१  योजना, ईभिमा जस्तै नयाँ  स्विफ्टमा ५ वर्षको लागि शुन्य रनिङ्ग खर्च 
सीजी मोटोकर्पले  यस दशैं तिहार भरीका लागी आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ  । यो योजना अन्तर्गत ग्राहकले चार लाख रुपैयाँ सम्मको नगद छुट, १ वर्षको सवारी बीमा, बीस हजारसम्मको लोयल्टी बोनस, एक  लाख रुपैयाँ सम्मको  एक्सचेन्ज बोनस र सिट कभर सहितको एक्सेसरिजहरु पाउन  सक्नुहुनेछ ।  कम्पनीले नाडा अटो शो लक्षित गरि, शो कार्यक्रम भरी खरिद गर्ने ग्राहकलाई स्क्र्याच कार्ड मार्फत थप  दुई  लाख  रुपैयाँसम्मको छुट प्रधान गर्नेछ  । यसमा केहि शर्तहरु लाग्ने कम्पनीले जनाएको छ ।

नाडा अटो शोमा सुजुकीले सार्वजनिक गरेको चौथौ संस्करणको नयाँ एपिक स्विफ्ट, इलेक्ट्रिक कारमा जस्तै  ५ वर्षको लागि शून्य रनिङ्ग खर्च हुने गरी अफर पनि ल्याएको छ ।यो अद्वितीय योजनाले नयाँ स्विफ्ट ग्राहकहरूले रनिङ्ग  खर्चको बोझ बिना ढुक्कको  ड्राइभिङ अनुभव लिन सक्ने कम्पनीले जनाएको छ ।

योजनाको सारांश 
१, शुन्य रनिङ्ग खर्च : स्विफ्ट खरिद गर्ने नयाँ ग्राहकले ५ वर्ष सम्म पेट्रोलमा खर्च गर्नु पर्ने छैन, भने ५ वर्षको लागि मर्मतसम्भार र पी।यम।यस ९एःक्० पार्ट्स र इन्जिन आयल मा पनि केहि खर्च गर्नु पर्ने छैन । कम्पनी को मापदण्ड अनुशारको ११ वटै नियमित सर्भिसमा पनि केही शुल्क नलाग्ने
२, फ्री अटो विमा र एक्सेसरिज : यो योजनामा थप १ वर्षको बिमा र सिट कभर सहितको सुजुकी जेनुइन एक्सेसरिजहरु पनि निः शुल्क पाउने
३,थप अतिरिक्त वारेन्टी र एक्सचेन्ज बोनस : बिक्री पछिको रिसेल भ्यालु प्रति  मनोबल अझै बढाउन ५ वर्ष पछि  २ लाख एक्सचेन्ज बोनस ग्यारेन्टी र ५ वर्षको ढुक्क  वारेन्टी
४, उच्च रिसेल भ्यालु : स्विफ्टको बिगत देखि उच्च रिसेल भ्यालु भएको गाडी हो, थप एक्सचेन्ज बोनसले ग्राहकलाई भविष्यमा बिक्रि गर्दा फाइदा हुने
कम्पनीका अनुसार, “ विद्युतीय र पेट्रोल  इन्जिन सवारी साधनहरू बीचको बढ्दो बहसमा , हामी यो ऐतिहासिक योजना प्रस्ताव गर्न पाउँदा उत्साहित छौं। हाम्रा ग्राहकहरूले फाइदाजनक र  झन्झट–रहित  तवरले  शून्य रनिङ्ग खर्च प्रतिष्ठित स्विफ्टको अनुभव गर्न सक्नेछ । “ यसमा केही शर्तहरू लाग्ने कम्पनीले जनाएको छ ।

नयाँ स्विफ्ट को विशेषता
> नयाँ जेड–सिरिज १.२ लिटर इन्जिनसहितको एपिक न्यू स्विफ्ट Innovation, Technology and Sustainability को उत्तम मिश्रण ।

>   ६ वटा एयरब्याग, सबै सिटहरूका लागि ३–प्वाइन्ट सीटबेल्टहरू, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्रामं (ESP®), हिल होल्ड असिस्ट, एण्टी–लक ब्रेकिंग सिस्टम (ABS), इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रीब्युसन (EBD), र ब्रेक असिस्टलाई स्ट्यान्डर्ड फिचरहरूको रूपमा समावेश गरिएको ।

>   २२.८६ सेन्टिमिटर (९ इन्च) स्मार्टप्ले प्रो +इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, ARKAMYS सराउन्ड साउन्ड, वायरलेस फोन चार्जर, ए ७ सी टाइप ग्क्द्य पोर्टहरू, क्रुज कन्ट्रोल, अटो हेडलाम्प्स, र अन्य धेरै फिचरहरूले भरिएको ।

> चौथो पुस्ताको स्विफ्ट आफ्नो सेग्मेन्टमा सबैभन्दा धेरै माइलेज  दिने  ह्याचब्याक हो, जसको माइलेज २५.७५ कि.मि/लि सम्मको छ, जुन अघिल्लो पुस्ताको स्विफ्टको तुलनामा १४५ वृद्धि ।

यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३५ वटै सोरूमहरुमा पनि लागू हुनेछ । सुजुकीका विभिन्न मोडेलहरुका कारहरु बमोजिम फरक फरक हिसाबका छुटहरु लागू हुनेछन ।

यसको सुरुवाति मूल्य क्रमश ३८ लाख ९९ हजार देखि ४६ लाख ४९ हजार रुपैयाँ रहेको मारुति सुजुकीको नेपालको लागि आधिकारीक बिक्रेता सिजी मोटोकर्पले जनाएको छ ।सन् २००५ मा पहिलो पटक नेपाली बजारमा आएको यो कार १२ बर्षको समयमा ६ हजार बिक्री भएको कम्पनीले जनाएको छ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
1
Views: 29

प्रतिक्रिया (०)

सम्बन्धित खबर