Aamsanchar

बिर्ता आयुर्वेद एण्ड फिजियोथेरापीको सातौँ वार्षिकोत्सव सम्पन्न

Author Image
शनिवार, भदौ १५, २०८१

बिर्तामोड । झापाको बिर्तामोडमा अवस्थित बिर्ता आयुर्वेद एण्ड फिजियोथेरापी सेन्टरले आफ्नो सातौँ वार्षिकोत्सव मनाएको छ ।
२०७४ भदौ १४ गते स्थापना भएको सो सेन्टरले हिजो शुक्रबार स्वास्थ्य शिविरसहित विविध कार्यक्रम गरेर गरेर वार्षिकोत्सव मनाएको हो ।

शिविरमा डा. भगवान शाह र डा. राजकुमार शाह ले  निःशुल्क चेकजाँच तथा उपचार सेवा प्रदान गरेका थिए ।  शिविरमा ३० जना बिरामी स्वास्थ्य सेवा लिएको संस्थाको सदस्य कमल रिजालले बताए ।

खानपान र व्यस्त जीवन शैलीका कारण लाग्ने  नसर्ने रोगहरूको उपचार हुने सेन्टरमा खास गरि पाइल्स, नशा, प्यारालाइसिस, माइग्रेन जस्ता समस्याहरू धेरै भेटिएको आयुर्वेद डा राजकुमार शाहले बताए । सोही दिन परोपकार केन्द्र (वृद्धा आश्रम)  लाई रु ६ हजार ५५५ रुपैयाँ सहयोग दिइएको सेन्टरका अध्यक्ष नर्वदा भट्टराईले जानकारी दिइन ।

बिर्ता आयुर्वेद एण्ड फिजियोथेरापी सेन्टरबाट  हाडजोर्नी नशा प्यारालाइसिस, मुख बाङ्गिएको, नशा च्यापिएको, बाथ, युरिक एसिड, पाइल्स,ग्यास्ट्रीक,पिनास,दम,जन्डिस,मृगौलाको पत्थरी, प्रोस्टेट लगायत समस्याको उपचार र परामर्श प्रदान हुँदै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 45

प्रतिक्रिया (०)