Aamsanchar

मोरङ र झापाका फोटो व्यवसायीहरूले ड्रोन सम्बन्धी एडभान्स तालिम लिए 

Author Image
बुधवार, भदौ १९, २०८१

मोरङ । मोरङको पथरीमा एक दिवसीय ड्रोन क्यामरा सम्बन्धी विशेष तालिम सम्पन्न भएको छ । मोरङ र झापाका व्यवसायिक फोटोग्राफरहरुले पछिलो  ड्रोनको सफ्टवेर अपडेट बारे विशेष प्रशिक्षण लिएका हुन् ।
फोटो भिडियोग्राफीको काम गर्दै आएका प्रतिष्ठित फोटो व्यवसायीहरूले ड्रोन क्यामरामा एआइको प्रयोग र सुरक्षा बारे प्रशिक्षण दिएका छन् । तालिममा मोरङ र झापाका गरि १२ जना फोटो व्यवसायीहरूको सहभागिता रहेको थियो ।

ड्रोन सेवा काठमाण्डौमा कार्यरत इन्जिनियर क्षितिज लिम्बूले प्रशिक्षण दिएका थिए ।

तालिममा पुष्पाञ्जलि स्टुडियो पथरीका सञ्चालक युवराज ओझा, नेशनल भिजन स्टुडियो चारपानेका बिनोद पाण्डे,  मिडिया लिङ्क बिर्तामोडका लोकेश अधिकारी, स्टुडियो पल्स धुलाबारीका पुजन खवास, कृष्ण फोटो सुरुंगाका कृष्ण थापा, सन्देश फोटो बिर्तामोडका सन्देश सहनी, स्टार डिजिटल बिर्तामोड योगेश कार्की, फोटो महल दमकका बिनोद भण्डारी, फोटो फाइनका गोपाल काफ्ले, हाम्रो फोटो स्टुडियोका सन्तोष दंगाल लगायतको सहभागिता रहेको तालिमका संयोजक युवराज ओझाले जानकारी दिए ।

पछिल्लो समय फोटो तथा भिडियोग्राफीमा ड्रोनको प्रयोग उच्च हुँदै आएको छ । पारिवारिक, सामाजिक कार्यक्रम, भिडियो समाचार, चलचित्र र डकुमेन्ट्रीमा ड्रोन क्यामरा नभई नहुने साधन बनिसकेको छ । ड्रोन विभिन्न विशेषताका हुने गरेको पाइएको छ । खासगरी क्यामरा जडित ड्रोन चलाउन दक्ष प्राविधिक सीप हुन जरुरी रहन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 91

प्रतिक्रिया (०)

सम्बन्धित खबर