Aamsanchar

स्वास्थ्य बिमा बाेर्डले अस्पताललाई दियाे यस्ताे चेतावनी

Author Image
शुक्रवार, भदौ २१, २०८१

काठमाडौं – स्वास्थ्य बिमा बाेर्डले अनावश्यक रिफर गर्ने अस्पताल तथा स्वास्थ्य संस्थाको शोधभर्ना नगर्ने भएको छ । स्वास्थ्य बिमा ऐन २०७४ र यसअन्तर्गतका कानुनविपरीत कतिपय बिरामीलाई निजी तथा अर्को रिफर गरेको पाइएकाले बोर्डले यस्तो चेतावनी दिएको हो ।

रिफर गर्नु परेमा अनिवार्य कारण खुलाउन बोर्डले निर्देशन दिएको छ । यसअघि पनि आफ्नो स्वास्थ्य संस्थामा उपलब्ध सेवाका निम्ति अन्यत्र रिफर नगर्न बोर्डले पटक पटक निर्देशन दिँदै आएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 47

प्रतिक्रिया (०)

सम्बन्धित खबर