Aamsanchar

भोक्राहा नरसिँहमा २ सय ३५ केजी गाँजासहित बोलेरो गाडी नियन्त्रण

Author Image
बुधवार, भदौ २६, २०८१

काठमाडौँ।  सुनसरी जिल्लाको भोक्राहा नरसिँह गाउँपालिका–८ स्थित हुलाकी मार्गबाट सशस्त्र प्रहरीले २ सय ३५ केजी गाँजासहित बोलेरो गाडी नियन्त्रणमा लिएको छ । प्रहरीले बुधवार जासहित बोलेरो गाडी नियन्त्रणमा लिएको हो ।

सोही गाउँपालिकाको फुलचोकबाट दक्षिण सीमा इलाकातर्फ जाँदै गरेको बा ९ च ७१६६ नम्बरको बोलेरो गाडीमा लुकाई छिपाई राखेको अवस्थामा ८ बोरा गाँजा बोर्डर आउट पोस्ट ९बीओपी० लौकही र सुरक्षा बेस भुटाहाको टोलीले बरामद गरेको हो ।

सशस्त्र प्रहरीले उक्त गाडी रोक्ने क्रममा चालकले गाडी भगाउन खोज्दा नजिकैको खेतमा फसेको थियो । सोहीबेला चालक भने फरार भएका थिए । बरामद गाँजा र गाडी आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन् । यसअघि सशस्त्र प्रहरीले भाद्र २५ गते सोही जिल्लाको वराहक्षेत्र नगरपालिका–६ स्थित शिसौलीघाटबाट करिब २ सय ४५ के।जी गाँजा बरामद गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 35

प्रतिक्रिया (०)

सम्बन्धित खबर