दक्षिणी लेबनानमा रहेका हतियार गोदामहरूलाई पनि आइडीएफ हवाई आक्रमणमा निशाना बनाइएको छ । लेबनानको राज्य–संचालित राष्ट्रिय समाचार एजेन्सीले इजरायलले बिहीबार साँझ ५२ वटा हवाई आक्रमण गरेको छ र लेबनानले उत्तरी इजरायलमा सैन्य लक्ष्यहरूमा पनि आक्रमण गरेको छ ।
यस अघि लेबनानभरि पेजर र वाकीटकीमा भएको विस्फोटमा कूल ३७ जनाको मृत्यु भएको थियो भने ३ हजारभन्दा बढी घाइते भएका थिए । अर्कोतर्फ, इजरायलका रक्षामन्त्री योभ गालान्टले इजरायल अब युद्धको नयाँ चरणमा प्रवेश गरिरहेको छ र आफ्नो शक्ति उत्तरमा केन्द्रित गरिरहेको बताएका छन् ।
अक्टोबर ८, २०२३ मा, गाजाबाट हमासका सशस्त्र लडाकुहरूले इजरायलमा आक्रमण गरे, त्यसपछि इजरायल र हिजबुल्लाह बीच तनाव जारी छ । त्यसबेलादेखि, हिजबुल्लाहले प्यालेस्टिनी जनतासँग ऐक्यबद्धतामा इजरायली लक्ष्यहरूमा बमबारी जारी राखेको छ ।