Aamsanchar

अल्जाइमर कस्तो रोग हो ?

Author Image
शनिवार, असोज ५, २०८१

फोटो: एआई

पृष्ठभूमि
अल्जाइमर्स रोग पत्ता लगाउन धेरै छिटो या ढिलो हुँदैन, यसको निदान र उपचार सुरु गरौँ भन्ने प्रोत्साहन हो ।सन् २०२४ को नारा प्लयध म्झभलतष्ब, प्लयध ब्शिजभष्mभच’क.यस वर्षको विषयवस्तु र नारा जसको अर्थ डिमेन्सिया र अल्जाइमरलाई जानौं भन्ने हुन्छ । यस नारा एकदमै उपयुक्त छ, किनकि यो दिन यी विषयमा सचेतना जगाउन र यी अवस्थाहरूको उचित बुझाइ निर्माण गर्न विश्व समुदाय माझ अझ सान्दर्भिक भएको छ।

अल्जाइमर कस्तो रोग हो ?
एउटा अनौठो रोगका बारेमा आज चर्चा गर्न चाह्यौँ आज विश्व अल्जाइमर दिवसको प्रसङ्गमा । अल्जाइमर एक प्रकारको डिमेन्सिया हो जसले व्यक्तिको प्राकृतिक स्मरण शक्ति, व्यवहार अनि अभिव्यक्तिलाई असर गर्दछ । यो स्नायूप्रणालीको एउटा रोग हो, शुरुवात कालमा संवेगात्मक अनि व्यहारात्मक परिवर्तनका रूपमा अल्जाइमरका लक्षणहरू देखिन्छ अनि पछि गएर अल्जाइमरले स्मरण शक्तिमा पूर्णतः ह्राससम्मको अवस्था निम्त्याउँदछ ।

यसका कारक तत्त्वहरूमा ७० प्रतिशत वंशाणुगत हुन्छ भने अन्य कारणहरूमा हाइपर टेन्सन, टाउकोमा गहिरो चोटहरू र डिप्रेसनलाई पनि मानिन्छ । अत्यन्त व्यस्त जीवनशैली र आफ्नोलागि समयको अभाव, तनाव, मोटोपन अनि शारीरिक व्यायामको कमी जस्ता कारणहरूले पनि अल्जाइमर को जोखिम बढाउँदछ ।

एकफेर अल्जाइमर भइसकेको मान्छेलाई ओखती गरेर सामान्य रूपमा दीर्घकालीन फर्काई असम्भव प्राय हुन्छ, अल्जाइमर रोग विरुद्ध लड्न हामी सबैले जनचेतना अनि जीवनशैलीमा केही सुधार गर्न जरुरी देखिन्छ । दैनिक व्यायाम, सन्तुलित भोजन, सामान्य जीवनशैली, जीवनबाट सन्तुलित अपेक्षा अनि दैनिक योगाभ्यास गर्नाले अल्जाइमर वाट हामी जोगिन सक्छौँ । बुढेसकालमा मात्र अल्जाइमर हुने भनेर हामीमध्ये कसैले बुझेका रहेछौँ भनेँ त्यो पूर्णतः सत्य नहुन सक्दछ ।

फिल्म र कथामा मात्र देखे पढेको यस्ता रोगहरू हाम्रो हेल्चेक्राईका कारणले आफ्नै जीवनमा पनि आउन सक्दछ । सन् २०१५ को अध्ययन अनुसार विश्वभरि करिब ३ करोड अल्जाइमरका रोगीहरू रहेका छन्, अहिले यसको सङ्ख्या झन् बढेको हुनसक्छ तर यसबारे नयाँ अध्ययन प्रतिवेदन भने आइसकेको छैन । विश्व अल्जाइमर दिवस यस्तै कुराहरूमा जनचेतना बढाउने हेतुले हरेक वर्षको सेप्टेम्बर २१ तारिखमा मनाइन्छ । सेप्टेम्बर महिनालाई अल्जाइमर विरुद्धको महिनाका रूपमा मनाउने चलन पनि छ । यस रोग प्रति सबै जना सचेत रहौँ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 18

प्रतिक्रिया (०)