Aamsanchar

हँसमुख मानिसहरू सजिलै सबैको मनमा बस्ने गर्छन्

Author Image
शुक्रवार, असोज १८, २०८१

वर्चेस्टरका एक कलाकार हार्वे बलले सन् १९६३ मा अभिनयको क्रममा मुस्कानसहितको भाव अनुहारमा प्रस्तुत गरे । जसले मानिसहरूको ध्यान मुस्कानको महत्त्वतिर केन्द्रित हुन पुग्यो । त्यसपछि सन् १९९९ देखि यो दिवस औपचारिक ढङ्गमा मनाउने गरिन्छ । सन् २००१ मा हार्वे बलको निधन भयो । त्यति बेला उनको सम्झनामा बनेको ‘विश्व हार्वे बल मुस्कान फाउन्डेसन’ले आजको दिनमा थुप्रै ठाउँमा मुस्कान दिवस विशेष कार्यक्रमहरू आयोजना गर्दै आएको छ । यस फाउन्डेसनको नारा छ, ‘संसारलाई मुस्कानले सुधार गर्नुहोस् ।’

सन् २०२४ को मुस्कान दिवसको नारा चाहिँु मय बल बअत या ‘do an act of kindness, help one person smile’  छ । समाजमा मुस्कानको महत्त्व आफू हाँस्ने मात्र नभई अरूलाई पनि हँसाउने हिसाबले उल्लेख गरिएको छ ।अक्टोबर महिनाको पहिलो शुक्रवार मनाइने विश्व मुस्कान दिवसको अनेक शुभकामना छ ।

यतिखेरको प्रतिस्पर्धाको समयमा धेरै मानिसहरूले जीवनमा अघि बढ्न यो हदसम्म मेहनत गर्ने गर्छन् कि उनीहरूले एउटा मीठो मुस्कान दिन समेत भुलिसकेका हुन्छन् । तर जीवनको एउटा महत्त्वपूर्ण कार्य भनेकै आफू मुस्कुराउनु र अरूलाई मुस्कुराउन सिकाउनु हो । अनि मुस्कुराउन प्रोत्साहन गर्नु हो । हँसमुख मानिसहरू सजिलै सबैको मनमा बस्ने गर्छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 78

प्रतिक्रिया (०)

सम्बन्धित खबर