Aamsanchar

द ब्युटी वल्डको पछिल्लो फ्रेन्चाइज शाखा बुटवल र कोहलपुरमा

Author Image
शुक्रवार, असोज १८, २०८१

झापा । द ब्युटी वल्र्ड मेकअप पार्लर एण्ड ट्रेनिङ सेन्टर झापाले आफ्नो फ्रेन्चाइज शाखा विस्तार गर्ने क्रमलाई तिव्रता दिएको छ ।

सीप सिकाएर महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ सञ्चालित ट्रेनिङ सेन्टरले बुटवलस्थित किङ एण्ड क्वीन युनिसेक्स सैलुनसँग बुधबार औपचारिक सम्झौता गर्दै आफ्नो फ्रेन्चाइज शाखा विस्तार गरेको हो ।

सम्झौतापत्रमा हस्ताक्षर गर्दै किङ एण्ड क्वीन युनिसेक्स सैलुनकी सञ्चालिका आस्मा पाण्डेयले अब आफ्नो सेवा क्षेत्र थप बिस्तार हुनुका साथै व्यवसायिक प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेकी छन् ।

देशका विभिन्न शहरमा बिस्तार भएका प्रत्येक फ्रेन्चाइजबाट हरेक वर्ष कम्तिमा १० जना गरिब तथा विपन्न परिवारका महिलालाई छनोट गरी पार्लर सम्बन्धी सीप सिकाएर देश–विदेशमा रोजगारका लागि दक्ष जनशक्ति उत्पादन गरिरहेको द ब्युटी वल्डका सञ्चालक भट्टराईले बताए  ।
ब्युटी वर्ल्डसँगको सहकार्य पछि अब वार्षिक १० जना महिलाले निःशुल्क सीप सिक्न पाउने छन् भने न्यूनतम शुल्क १० हजार तिरेर लेभल वान र टूको कोर्सहरू समेत सिक्न पाउने भएका छन् ।

त्यसैगरी बाँके जिल्लाको कोहलपुर –११, न्युरोडमा अवस्थित श्रेष्ठ ब्युटी पार्लरसँग तीन वर्षको सम्झौता गरिएको छ ।

श्रेष्ठ ब्युटिपार्लरका सञ्चालक बिनु श्रेष्ठले द ब्युटी वर्डसँगको सम्झौतापछि यहाँका महिलाहरूलाई निशुल्क रूपमा काम सिकाइ स्वरोजगार बन्न प्रेरित गर्न पाउँदा उत्साहित भएको बताइन । उनले भनिन ‘सिक्न आउने दिदीबहिनीहरुलाई मन लगाएर काम सिकाउन र व्यवसायी बन्ने मार्गप्रशस्त गर्न आफू प्रतिबद्ध रहने छु ।’
द ब्युटी वल्ड ले हालसम्म देशभरका ४० जिल्लामा फ्रेन्चाइज शाखा स्थापना गरिसकेको छ  ।

द ब्युटी वर्डका संस्थापक वत्सल भट्टराईले भने ‘यस तालिम कार्यक्रम विशेष गरी विपन्न नागरिकहरूलाई लक्षित गरिएको हो  । हामीले सीप नभएका र कामको अवसर नपाएका विपन्न अपाङ्ग महिलाहरूलाई मुख्य प्राथमिकतामा राखेका छौं, जसले सीप सिकेर आफ्नो पौरखमा रम्न सक्छन् ,’ भट्टराईले थप्दै भने, “हाम्रो पहिलो लक्ष्य भनेकै महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउनु हो।” यस संस्थाले झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, बाँके लगायतका जिल्लाहरूमा सेवा विस्तार गरी त्यहाँका महिलाहरुलाई व्यवसायिक बन्न प्रेरित गरिरहेको छ ।

सन् २०७९ मा स्थापना भएको संस्थाले हालसम्म हजारौं महिलालाई निशुल्क तालिम प्रदान गरी आत्मनिर्भर बनाउन सफल भएको छ । तीन वर्षको अवधिमा थुप्रै महिलाहरुले आफ्नो व्यवसाय सुरु गरी आर्थिक रूपमा सशक्त बनेको सञ्चालक भट्टराईले आमसंचारलाई बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
Views: 63

प्रतिक्रिया (०)