Aamsanchar

विश्वभरिका सय भन्दा बढी देशहरू र हजारौँ सङ्गठनहरूले विश्व शिक्षक दिवस मनाउदैछन्

Author Image
शुक्रवार, असोज १८, २०८१

२०२४ को नारा:Recognising and appreciating teachers’ voices and working towards a new social contract for education

शिक्षक  हरूको आवाजलाई मान्यता र प्रशंसा गर्दै र शिक्षाको लागि नयाँ सामाजिक अनुबन्ध तिर काम गर्दै अघि बढ्ने भन्ने अर्थ लाग्दछ ।
हामीले चाहेको शिक्षाको लागि शिक्षकहरू चाहिन्छ, शिक्षक अभावलाई सम्बोधन गर्न विश्वव्यापी एैक्यवद्धता भन्ने नाराका साथ विश्वभरिका १०० भन्दा बढी देशहरू र हजारौँ सङ्गठनहरूले विश्व शिक्षक दिवस मनाउदैछन् ।

पृष्ठभूमि
एउटा महान् शिक्षकको आफ्ना विद्यार्थीहरूको जीवनमा सकारात्मक प्रभाव गरेको र सही दिशानिर्देश मापन गर्न सकिन्न । उनीहरूले प्रज्वलन गरेका उत्सुकता कतै गणितका साध्य बनेर रहन्छन्, कतै विज्ञानका सिद्धान्तहरू भने कतै कला र साहित्यका रूपमा विद्यार्थीको विचार अनि जीवनशैलीमा रहेर यो संसारलाई अझ उत्कृष्ट बनाइरहेको हुन्छ ।

हरेक वर्षको अक्टोबर महिनाको ५ गते विश्व शिक्षक दिवस मनाइने गरिन्छ र यो सन् १९९४ बाट मनाउन सुरु गरिएको हो । आजको दिन संसारभरि विभिन्न कार्यक्रम गर्दे गुणस्तरीय शिक्षा प्रदान गरेर विधार्थीहरुलाई स्थानीय एवं अन्तर्राष्ट्रिय समाजको विभिन्न क्षेत्रमा योगदान पु¥याउन मद्दत गर्ने शिक्षकहरूको सम्झना र सम्मान गरिन्छ । एउटी आमाले जन्म दिन्छिन् र उक्त बालबालिकालाई जीवन जिउने सीप र ज्ञान भने शिक्षकले नै दिन्छन् ।

आजको दिन हामी सबैले जीवनमा केही पल पछाडि फर्किएर ती शिक्षकहरूलाई सम्झिन आवश्यक छ जसले हामीलाई कालो पाटीमा चक र डस्टर धस्दै वर्णमाला सिकाए । ’क’ बाट कछुवा देखि ’ज्ञ’ बाट ज्ञानीसम्म सिकाए । ’ब्’ फर ब्उउभि बाट ’श्’ फर श्भदचब सम्म सिकाए । त्यसपश्चात् हामीले विद्यालय अनि विश्वविद्यालयमा अन्य धेरै शिक्षक र शिक्षिकाहरूसँग शिक्षा लिएका छौँ, आज तिनै तमाम शिक्षक अनि शिक्षिकाहरूलाई हार्दिक नमन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 52

प्रतिक्रिया (०)

सम्बन्धित खबर