Aamsanchar

चोरीको ३ थान मोटरसाईकल सहित ३ जना पक्राउ

Author Image
बुधवार, असोज ३०, २०८१

रौतहट-रौतहट प्रहरीले चोरीको ३ थान मोटरसाईकल सहित ३ जनालाई पक्राउ गर्नुका साथै लाखौँ रुपैयाँ बराबरको अबैध भारतीय सामान बरामद गरेको छ।

गढीमाई नगरपालिका ६ बखरी टोलका उनितेश साहको घरैबाट चोरी भएको प्रदेश ०३-०१९ प २६३१ नम्बरको मोटरसाईकलसहित सोही ठाउँका १९ बर्षीय धीरज साहलाई प्रहरीले पक्राउ गरेको छ । उक्त मोटरसाइकल गत असोज २१ गते बिहान चोरी भएको थियो । त्यस्तै गत २२ गते दिउँसो माधोपुर बजारबाट चोरी भएको माधव नारायण नगरपालिका ६ का श्यामबाबु यादवको विआर एक्स ६५५८ नम्बरकोमोटरसाईकल सहित सर्लाही ईश्वरपुर नगरपालिका १३ का १९ बर्षका श्याम महतो पनि पक्राउ परेका छन्।

त्यसैगरी २६ गते बिहान शुकादेव चौकबाट चोरी भएको यमुनामाई गाउँपालिका २ का अम्बिका यादवको विआर ३० ए एम १६४८ नम्बरको मोटरसाइकल सहित कटहरिया नगरपालिका ९ दुमरिया गाउँका २१ बर्षका मन्दिप भन्ने मन्दित यादवलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय गरुडाको टोलीले चोरीको उक्त तीनवटै मोटरसाईकल सहित तीन जनालाई पक्राउ गरेको डिएसपी राजन कार्कीले बताए ।

तीनैजना माथि चोरी सम्बन्धी मुद्दा दायर गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर थप अनुसन्धान भइरहेको डिएसपी कार्किले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 13

प्रतिक्रिया (०)