Aamsanchar

झापा गाउँपालिका चन्द्र बस्तीका ३३ बाढी पीडित परिवारलाई राहत सामग्री प्रदान 

Author Image
शनिवार, कार्तिक ३, २०८१

बिर्तामोड । गत असोज ११ गते अविरल वर्षाको कारण डुबानमा परेका झापा गाउँपालिका वडा नम्बर ६ चन्द्र बस्तीमा पीडितहरूलाई राहत सामग्री वितरण गरिएको छ ।
अमेरिकामा बस्ने आरजु सिटौलाको अगुवाईमा  पाँचजना नेपाली चेलीहरूले व्यक्तिगत रुपमा सङ्कलन गरेको नेपाली रुपैयाँ ६० हजार बराबरको राहत सामग्रीहरू आज (शनिबार) वितरण गरिएको हो ।

विरिङ खोलामा आएको बाढी चन्द्र बस्तीमा पसेपछि सो क्षेत्र डुबानमा परेको थियो । डुबानका कारण अन्नपात, लत्ताकपडा नष्ट भएको समाचार हेरेका ति चेलीहरूले मानवीय सहयोगको भावना प्रकट गरेर उनीहरूका आफन्त देवी सेडाई, सुमित्रा सिटौला खड्का मार्फत सहयोग सामग्री उपलब्ध गराइएको हो ।

राहतको लागि आर्थिक पठाउने नेपाली चेलीहरु ।

धेरैजसो विपन्न समुदायको बसोवास रहेको चन्द्र बस्तीका पीडितहरूलाई यस अघि वडा कार्यालय मार्फत पनि सहयोग उपलब्ध गराइएको थियो । अहिले ३३ परिवारलाई प्रति घर १ बोरा मुरै, १ थान ब्लाङकेट, खाने तेल, म्याट सहयोग प्राप्त भएर वितरण गर्न पाएकोमा वडाध्यक्ष नविनकिशोर थापाले सहयोगी दाताहरूलाई धन्यवाद दिएका छन् ।

राहत वितरणमा पन्थापारा प्रहरी चौकीका इन्चार्ज राजेश पौडेल, स्थानीय सामाजिक व्यक्तित्वहरू केशव बजगाईँ, सौरभ कार्की, दुर्गा कार्की, वडा कार्यालयका कर्मचारी कुवेर थपलियालगायतको सहभागिता रहेको थियो ।

बस्तीमा बाढी पसेको बेला वडाध्यक्ष थापा यसरी उद्धारमा खटिएका थिए । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 81

प्रतिक्रिया (०)

सम्बन्धित खबर