Aamsanchar

इजरायली प्रधानमन्त्रीद्वारा ‘विश्वासको सङ्कट’ रहेको भन्दै रक्षामन्त्री बर्खास्त

Author Image
बुधवार, कार्तिक २१, २०८१

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफूहरूबीच ‘विश्वासको सङ्कट’ रहेको भन्दै रक्षामन्त्री योभ ग्यालान्टलाई बर्खास्त गर्नुभएको छ । नेतन्याहुले केही महिनायता ग्यालान्टमाथि उहाँको विश्वास नभएको भन्दै बर्खास्त गरेको बीबीसीले जनाएको छ ।

युद्धका बेला प्रधानमन्त्री र रक्षामन्त्रीबीच पहिलेभन्दा बढी वा पूर्ण विश्वास आवश्यक रहने प्रधानमन्त्री नेतन्याहुको भनाइ छ । ग्यालान्टले सामाजिक सञ्जालमा इजरायल राज्यको सुरक्षा आफ्नो जीवनको मिसन भएको र सधैँ रहने बताउनुभएको छ ।

उहाँको बर्खास्तीसँगै तेल अभिभको सडकमा विरोध प्रदर्शन शुरु भएको छ । नेतान्याहु र ग्यालान्टबीच लामो समयदेखि सम्बन्ध सुमधुर थिएन । गएको वर्षमा इजरायलको युद्ध रणनीतिलाई लिएर उहाँहरूबीच विवाद भएको थियो ।

ग्यालान्टले गाजामा युद्ध जारी राख्नु अघि हमाससँगको बन्धक रिहाइ सम्झौतालाई प्राथमिकता दिनुपर्ने बताउनुभएको थियो । तर यसलाई नेतन्याहुले अस्वीकार गर्नुभएको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 34

प्रतिक्रिया (०)

सम्बन्धित खबर