
मोरङ – मोरङको ग्रामथान गाउँपालिका अध्यक्षको उमेदवारका लागि नेकपा (एमाले )मा तीनजनाको नाम सिफारिस गरिएको छ ।

आउँदो मंसिर १६ गते हुने उपनिर्वाचनका लागि एमाले जिल्ला कमिटीले तीनजनाको नाम प्रदेशमा सिफारिस गरेको हो ।

तुलसी विश्वासी, कृष्णकुमार माझी र निर्मला अधिकारीको नाम जिल्लाबाट सिफारिस भएर आएको एमाले कोसी प्रदेश उपसचिव देवान राइले जानकारी दिए ।
Views: 74

