Aamsanchar

जात्रा हेरेर फर्किने क्रममा दार्चुलामा जिप दुर्घटना, सात जनाकाे मृ*त्यु, छ घाइते

Author Image
शुक्रवार, कार्तिक ३०, २०८१

काठमाडौं – दार्चुलाको शैल्यशिखर नगरपालिका-६ मा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या सात पुगेको छ। ६ जना घाइते छन्।

शैल्यशिखर-९ नक्तडका ४५ दिलीप विष्ट, लेकम गाउँपालिकाकाका ३० वर्षीय वीरेन्द्र रावल, २५ वर्षीया शान्ति रावलको मृत्यु भएको प्रहरी छत्रबहादुर निरीक्षक रावतले जानकारी दिए। प्रहरीका अनुसार रावलद्वय श्रीमान्श्री-मती हुन्। यस्तै डिलासैनी गाउँपालिका ५ नगराउका अन्दाजी १६ वर्षीय सुजित बोहराको पनि मृत्यु भएको छ।
ज्यान गुमाउनेमध्ये दुई भारतीय नागरिक छन्। भारत विजनोर मोभारपुरका ४५ वर्षिय मोहम्मद सकिर र १८ वर्षिय मोहम्मद बसिलको मृत्यु भएको प्रहरी निरीक्षक रावतले जानकारी दिए। एक जनाको भने सनाखत हुन बाँकी रहेको छ ।

घाइते ६ जनाको उपचारगोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मालिकार्जुनबाट गोकुलेश्वरतर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको जीप बिहान ४ बजेतिर शैल्यशिखर नगरपालिका-६ मा दुर्घटना भएको थियो।

जीपमा कतिजना सवार थिए भन्ने यकिन भइनसकेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 55

प्रतिक्रिया (०)

सम्बन्धित खबर