Aamsanchar

स्वास्थ्य परीक्षणपछि रवि कास्की प्रहरीको हिरासतमा

Author Image
शुक्रवार, कार्तिक ३०, २०८१

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई रुपन्देहीबाट पोखरा पुर्याइएको छ। सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन आरोपमा बयानका लागि ३ दिनअघि रुपन्देही लगिएको थियो।

उनको बयान बिहीबारै सकिए पनि मौसम प्रतिकूलताका कारण लैजान समस्या भएको थियो। शुक्रबार पनि मौसम प्रतिकूलताका कारण दिउँसो सवा १ बजे मात्रै भैरहवाबाट विमान पोखराका लागि उडेको थियो।

उनलाई पोखरा विमानस्थलबाट सोझै स्वास्थ्य परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। उनमा खासै स्वास्थ्य समस्या नदेखिए पनि प्रहरीले रीत पुर्‍याउन अस्पताल लगेको हो। त्यसपछि उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीकै हिरासतमा राखिने प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 71

प्रतिक्रिया (०)