Aamsanchar

महारानी लक्ष्मी बाई मेडिकल कलेजको शिशु वार्डमा आगलागी, १० बालबालिकाको मृ*त्यु

Author Image
शनिवार, मंसिर १, २०८१

झाँसी : शुक्रबार (नोभेम्बर १५) राति युपीको झाँसीमा मेडिकल कलेजमा भीषण आगलागी भएको छ । झाँसीका डीआईजी कला निधि नैथानीले १० बालबालिकाको मृत्यु भएको पुष्टि गरेका स्थानीय समाचारहरुमा उल्लेख छ।
महारानी लक्ष्मी बाई मेडिकल कलेजको शिशु वार्डमा आगलागी भएको हो । दुर्घटनामा धेरै शिशु गम्भीर घाइते भएका जनाइएको छ । यहाँ ५० भन्दा बढी बालबालिका भर्ना गरिएका थिए । त्यहाँ रहेका बच्चाहरुलाई नजिकैको सुपर स्पेशलिटी वार्डमा भर्ना गरिएको जनाइएको छ ।

आगलागीपछि अस्पताल परिसरमा भागदौड मच्चिएको थियो । दमकलले आगो निभाएको छ । प्रारम्भिक जानकारी अनुसार सर्ट सर्किटबाट आगलागी भएको अनुमान गरिएको छ।

मुख्यमन्त्री योगी आदित्यनाथले मेडिकल कलेजमा भएको दुर्घटनाको जानकारी लिएका छन्। उनले तत्काल घटनास्थलमा पुगेर राहत कार्यलाई तीव्रता दिन अधिकारीहरुलाई निर्देशन दिएका हुन् । साथै घाइतेहरूको तत्काल उपचार गर्न निर्देशन दिइएको छ । उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।
सीएम योगीले ट्विटरमा झाँसीको मेडिकल कलेजको एनआईसीयूमा भएको दुर्घटनामा बालबालिकाको मृत्यु अत्यन्तै दुखद र हृदयविदारक रहेको जनाउँदै जिल्ला प्रशासन र सम्बन्धित अधिकारीहरूलाई राहत र उद्धार कार्य तीव्र गतिमा सञ्चालन गर्न निर्देशन दिएका छन्।

साथै उनले मृतकको चीर शान्ति र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

१२ घण्टाभित्र छानबिन प्रतिवेदन बुझाउन निर्देशन

मुख्यमन्त्रीको निर्देशनमा मन्त्री ब्रिजेश पाठक र प्रमुख स्वास्थ्य सचिव झाँसी प्रस्थान गरेका छन् । आयुक्त र डीआईजीलाई दुर्घटनाको छानबिन गरी १२ घण्टाभित्र मुख्यमन्त्रीलाई प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।

आगोलाई एक दर्जनभन्दा बढी दमकलले नियन्त्रणमा लिएका थिए। घटनाको जानकारी पाएलगत्तै एक दर्जनभन्दा बढी दमकल घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 65

प्रतिक्रिया (०)

सम्बन्धित खबर