Aamsanchar

भारतको छत्तीसगढमा भिडन्त, १० माओवादी मारिएको दावी

Author Image
शुक्रवार, मंसिर ७, २०८१

प्रतिकात्मक तस्बिर

नयाँ दिल्ली – भारतको छत्तीसगढको नक्सलवादी प्रभावित सुक्मा जिल्लामा भएको भिडन्तमा १० नक्सावाली मारिएको भारतीय प्रहरीले दावी गरेको छ । प्रहरीका अनुसार उक्त स्थानमा मुठभेड अझै जारी छ ।

प्रहरीले मृतकको संख्या अझै बढ्न सक्ने बताउँदै घटनास्थलबाट ठूलो परिमाणमा हतियार पनि बरामद गरेको जनाएको छ ।

बस्तरका आईजी पुलिस सुन्दरराज पीले भने, ´सुकमा जिल्लाको कोन्टा र किस्टाराम क्षेत्रमा नक्सालीहरु भएको सूचनाको आधारमा जिल्ला रिजर्व गार्ड र सीआरपीएफ जवानहरूको संयुक्त टोली पठाइएको थियो। उक्त क्षेत्रको कोराजुगुडा, दन्तेसपुरम, नगरम, भण्डारपदारको जंगल पहाडमा उनीहरुसँग भिडन्त भएको थियो।`

 

प्रहरीका अनुसार हालसम्म १० शंकास्पद माओवादीको शव फेला परेको छ । यसका साथै घटनास्थलबाट इन्सास राइफल, एके-४७, एसएलआर लगायतका धेरै हतियार बरामद भएको बीबीसी समाचारमा उल्लेख छ । खोजी अभियान अझै जारी रहेको जनाइएको छ।

छत्तीसगढमा यस वर्षको जनवरीदेखि प्रहरीले भिडन्तका विभिन्न घटनामा दुई सयभन्दा बढी नक्सलवादी मारेको दाबी गरेको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 57

प्रतिक्रिया (०)

सम्बन्धित खबर