Aamsanchar

‘१२ गाउँ’बाट डेब्यु गरेका अभिनेता समीर भट्ट अब ‘बलिदान’मा देखिँदै, रिलिज कहिले ?

Author Image
शुक्रवार, मंसिर ७, २०८१

काठमाडौँ- फिल्म ‘१२ गाउँ’बाट डेब्यु गरेका अभिनेता समीर भट्ट अब ‘बलिदान’मा देखिँदैछन् । फिल्मको दोस्रो सेड्युलको छायाङ्कन शुक्रबारदेखि मोरङको कानेपोखरीबाट सुरु भएको छ । फिल्मको अब तीव्र गतिमा फिल्मको छायाङ्कन हुने निर्देशक सन्तोष सेनले बताए ।

अन्तिम चरणको छायाङ्कन अवधि ४५ दिनको रहनेछ । छायाङ्कनका लागि कलाकारहरू समीरसहित सौगात मल्ल, अर्पण थापा, दिव्यदेव र ऋचा शर्मा मोरङ पुगिसकेका छन् । ५ करोडमाथिको बजेटमा फिल्म निर्माण हुन लागेको हो ।समीरको अभिनय भएको कारण पनि ‘बलिदान’ कहिले रिलिज हुन्छ भन्ने चासो धेरैमा छ । निर्देशक सेनले फिल्मको प्रदर्शन मिति तय भइसकेको जनाएका छन् ।

‘छायाङ्कन सकिएको भोलिपल्ट टिजरसहित फिल्मको प्रदर्शन मिति घोषणा गर्नेछौँ’, उनले भने ‘रिलिज मिति तय भइसकेको छ ।’ फिल्मलाई आगामी नयाँ वर्षमा रिलिजको तयारी गरिएको बताइन्छ । एक्सन प्रधान ‘बलिदान’मा दक्षिण भारतका एक्सन निर्देशक स्टन्डर सामको नेतृत्वमा करिब ३० जनाको टोलीले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै एक्सन दृश्य तयार गरिरहेको छ । नेपालको भूमिमा भइरहेको शोषण र अन्यायविरुद्धको संघर्षको कथा फिल्मले बोल्छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 72

प्रतिक्रिया (०)

सम्बन्धित खबर