Aamsanchar

एक लाख पर्यटन भित्र्याउने लक्ष्यका साथ मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ को तयारी

Author Image
शनिवार, मंसिर ८, २०८१

खोटाङ – एक लाख पर्यटन भित्र्याउने लक्ष्यका साथ आयोजना गर्न लागेको मुन्दुम भ्रमण वर्ष २०२५ को तयारी शुरू भएको छ ।

आ–आफ्नो क्षेत्रमा रहेका पालिकाले ‘मुन्दुम ट्रेल भ्रमण वर्ष’ सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएसँगै तयारी तीव्र पारेको भोजपुरको टेम्केमैयुम गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार आउँदो पुस १७ गते औपचारिक रूपमा शुरू हुने मुन्दुम ट्रेल भ्रमण वर्षका लागि विभिन्न महोत्सव आयोजना हुने गरी तयारी शुरू भएको छ ।

मैयुङ ट्याम्के साल्पासिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रको संयोजकत्व र मुन्दुम ट्रेल भ्रमण वर्ष मूल व्यवस्थापन समितिको आयोजनामा बसेको बैठकले मुन्दुम ट्रेलसँग जोडिएका पालिकाले आ–आफ्नो क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्न मद्दत पुग्ने किसिमका मौलिक कार्यक्रम समावेश गर्ने निर्णय गरेको छ ।

भ्रमण वर्षमा भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा गुराँस तथा घोडचढी महोत्सव, फिल्म शुटिङ महोत्सव, खोटाङको केपिलासगढी गाउँपालिकामा हनी हन्टिङ महोत्सव तथा गोठष्टे महोत्सव र साकेला गाउँपालिकामा उधौली–उभौली साकेला तथा अन्य सांस्कृतिक महोत्सव हुनेछन् ।

यस्तै भोजपुर नगरपालिकामा अल्ट्रा म्याराथन तथा माउन्टेन साइकिलिङ, साल्पा सिलिछो गाउँपालिकामा नाछोङ धामी साहित्यिक महोत्सव, षडानन्द नगरपालिकामा रुद्राक्ष महोत्सव र महाकुलुङ गाउँपालिकामा विविध महोत्सवलगायत कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 50

प्रतिक्रिया (०)