Aamsanchar

रवि लामिछानेलाई अदालतमा पेश गरियो

Author Image
बिहिवार, मंसिर २७, २०८१

पोखरा – सहकारी ठगी,सम्पत्ति शुद्धिकरण र संगठित अपराधमा अनुसन्धानका लागि कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइएको छ। लामिछानेसहित चारजनामाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतले यसअघि दिएको म्याद सकिएपछि आज पुनस् कास्की अदालत उपस्थित गराइएको कास्की प्रहरीले जानकारी दिएको छ। सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछाने,छविलाल जोशी,रामबहादुर खनाल र लिला पछाइलाई अदालत उपस्थित गराइएको हो।

सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध पाँच जिल्लामा उजुरी परेको थियो। उनीविरुद्ध कास्की,काठमाडौं,चितवन,रुपन्देही र पर्सामा उजुरी परेको थियो। पाँचवटै जिल्लामा उनीसँग बयान लिइसकेको छ। बयान सकिएकाले प्रहरीले उनीविरुद्ध मुद्दा चलाउने तयारी गरेको छ।

उनीविरुद्ध प्रहरीले सहकारी ठगी,सम्पत्ति शुद्धिकरण र संगठित अपराध गरेको कसुरमा मुद्दा दायर गर्न सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाउने तयारी गरेको छ। सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि वीरगन्ज ल्याइएका लामिछानेलाई बयान सकिएपछि बुधबार पोखरा पठाएको थियो।

वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा रकम अपचलन गरेको प्रकरणमा लामिछानेको बयान मंगलबार सकिएपछि बुधबार हवाईमार्गबाट पोखरा पठाएको हो। सहकारीको रकम गोरखा मिडियाबाट अपचलन गरेको आरोपमा प्रहरीले कार्तिक २ गते काठमाडौंमा पक्राउ गरी पोखरा लगेको थियो।

सहकारी ठगी प्रकरणमा लामिछानेलाई अनुसन्धानका लागि यसअघि रुपन्देही ,काठमाडौं र चितवनका जिल्ला प्रहरी कार्यालयमा लगिएको थियो। संसदीय समितिको प्रतिवेदनले पोखराको सूर्यदर्शन,बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था,काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था, साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था,वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहरकारी संस्था र नेपालगञ्जको समानता सहकारीको रकम गोरखा मिडियामा लगेर अपचलन गरेको लामिछानेमाथि आरोप छ।

सहरकारी विशेष छानबिन समितिले सहकारीको रकम अपचलन गरेको आरोपमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई,तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, सदस्य कुमार रम्तेल र सञ्चालक छविलाल जोशीलाई कारबाही गर्न सिफारिस गरेको थियो। सहकारीको रकम अपचलनको मुख्य योजनाकार मानिएका जिबी राई भने फरार छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 74

प्रतिक्रिया (०)

सम्बन्धित खबर