Aamsanchar

रवि लामिछानेको तस्बिर सार्वजनिक भएको विषयमा छानबिन गर्न निर्देशन

Author Image
बिहिवार, पौष ४, २०८१

काठमाडौं – गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वन्तत्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको तस्बिर सार्वजनिक भएको विषयमा छानबिन गर्न निर्देशन दिएका छन् । बिहीबार गृहमन्त्री लेखकले प्रहरी प्रमुख वसन्त कुँवरलाई तस्बिरको विषयमा छानबिन गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् ।

“यो विषयमा छानबिन गरेर दोषी जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउन आईजीपीलाई निर्देशन दिएको छु,” गृहमन्त्री लेखकले भने, “हिरासतमा रहेको दाबी गरिएको तस्बिरको विषयमा प्रहरीले अनुसन्धान गर्दै छ ।” नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारीले पनि तस्बिर सार्वजनिक गरिएको विषयमा प्रहरीले आवश्यक अनुसन्धान थालिसकेको जानकारी दिए ।

सामाजिक सञ्जालमार्फत हिरासत कक्षभित्रको दाबी गरिएको लामिछानेको तस्बिर सार्वजनिक भएपछि विभिन्न टीकाटिप्पणी भइरहेको छ । अर्कोतिर आफूलाई सामाजिक अभियन्ता बताउने डा.निकोलस भुसालले लामिछाने ‘हिरासतमा रहेको फोटो’आफूले खिचेको दाबी गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)