Aamsanchar

जीबीसहित १९ जनाविरुद्ध आज पुरक मुद्दा दर्ता, रवि र छविविरुद्ध कहिले हुन्छ ?

Author Image
शुक्रवार, पौष ५, २०८१

काठमाडौँ – कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणका आरोपी जीबी राईसहित १९ जनाविरुद्ध कास्की जिल्ला अदालतमा आज पुरक मुद्दा दर्ता भएको छ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीले शुक्रवार सहकारी ठगी प्रकरणमा उनीहरुविरुद्ध मुद्दा दर्ता गरेको कास्कीकी जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिइन्।

अहिले प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछाने, छविलाल जोशीसहित जीबीका साझेदार नेचर हर्बस्‌का सञ्चालक रामबहादुर खनाल, लिला पछाईं र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरुङसहितका पछिल्ला आरोपीहरुविरुद्धको मुद्दा भने आइतवार दर्ता हुने उनले बताइन्।

आज मुद्दा दर्ता गरिएकाहरूको हकमा प्रहरीले गत साल भदौ २४ गते पक्राउ पुर्जी जारी गरेको थियो।

आज मुद्दा दर्ता भएका मध्ये सूर्यदर्शन सहकारीका उपाध्यक्ष कैलाश दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वसञ्चालक शिवबहादुर गुरुङ ९महेन्द्र भोटे०, प्रमोद भट्टराई, अनुज नकर्मी, भविश्वर अर्याललगायत पुर्पक्षका लागि थुनामै छन्।

सुरुमा पक्राउ पुर्जी जारी भएका १९ जनामध्ये सहकारीका पूर्वअध्यक्ष जीबी राई, उनकै दाइ भूपेन्द्र, अहिलेका अध्यक्ष तथा व्यवस्थापकसमेत रहेका थानबहादुर बुढा, धीरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, सुरज श्रेष्ठ, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, दिनेश रोका, ललिता तामाङ, सृष्टि मानन्धर, ऋण अधिकृत बुद्धि गुरुङ फरार छन्।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 90

प्रतिक्रिया (०)

सम्बन्धित खबर